back
NMB ad

अवस्था ठीक नबनाई गाडी चलाएका चालक कारबाहीमा

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले अवस्था ठीक नभएका माइक्रोबस, भ्यान र टाटासुमोलगायतका २५ वटा भाडाका सवारी साधनलाई आज कारबाही गरेको छ ।

भक्तपुरको जगातीमा आज गरिएको विशेष यान्त्रिक जाँचका क्रममा अन्य १६ वटा गाडीलाई नियन्त्रणमा लिई यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकु पठाइएको छ ।

दिउँसो तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको जाँचका क्रममा ह्याण्डब्रेक, लाइट नभएका र टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका सवारी साधन सञ्चालन भएको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश निष्ट क्षेत्रीले जानकारी दिनुभएको छ ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्नसक्ने भएकाले सम्भावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था जाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दलराम टमटाको नेतृत्वमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगाती क्षेत्रमा खटिएको थियो ।

उक्त जाँच अभियान गत भदौ १५ गतेदेखि सञ्चालन गरिएको थियो । प्रहरीले सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई आफ्नो सवारी साधनको अवस्था दुरुस्त बनाएर मात्र चलाउन अनुरोध गरेको छ ।

वि.सं.२०७९ असोज २५ मंगलवार २१:३० मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...