back
NMB ad

निर्वाचनलाई लिएर मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्ने

Kumari bank ad

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लिएर मत सर्वेक्षण तथा प्रकाशन गर्नेलाई कारवाही गर्ने भएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै मत सर्वेक्षण र प्रकाशित गरे कारवाही गर्ने चेतावनी दिएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेकोले आचारसंहिता विपरीत कार्य नगर्न आयोगले भनेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

‘कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘उपरोक्त व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको समेत आयोग स्मरण गराएको छ ।

 

वि.सं.२०७९ असोज २७ बिहीवार ११:३३ मा प्रकाशित

You can share this post!

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, पानीको अभाव हुन सक्ने चेतावनी     

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, पानीको अभाव हुन सक्ने चेतावनी     

वि.सं.२०८१ जेठ १६ बुधवार १२:१९

नयाँ दिल्ली, १६ जेठ : भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम...

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना   

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना   

वि.सं.२०८१ जेठ १६ बुधवार १२:०७

मुस्ताङ, १६ जेठ : व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र...

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान   

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान   

वि.सं.२०८१ जेठ १६ बुधवार १२:००

काठमाडौँ, १६ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न...

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

वि.सं.२०८१ जेठ १६ बुधवार ११:१०

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट...

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ १६ बुधवार ११:०२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ महँगिएको छ...

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ १६ बुधवार १०:४१

काठमाडौं ।  भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने...