back
NMB ad

टिभिएसले बेजोड अनि अद्भुत एक्सचेन्ज अफर मेला आयोजना गर्ने, यस्ता छन् सुविधा

Kumari bank ad

काठमाडौं। टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले बेजोड अनि अद्भुत एक्सचेन्ज अफरको आयोजना गर्ने भएको छ।

कम्पनीले टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला योजना अन्तर्गत बेजोड अनि अद्भुत एक्सचेन्ज अफरको आयोजना गर्न लागिएको जनाएको छ।

कम्पनीका अनुसार यो अफर मेला यही असोज ३१ देखि कार्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ। यस मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने कम्पनीले जनाएको छ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल तथा स्कुटर लिन पाउने छन्। साथै बजार मुल्यांकनभन्दा ७ हजार रुपैयाँ बढी, नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको समेत व्यवस्था गरिएको छ।

यो योजनामा आर्कष्क फाइनान्स अफर समेत रहेको कम्पनीले जनाएको छ। जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट गरी मासिक ४ हजार २७७ रुपैयाँको ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ।

यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन्।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ बिक्री–वितरण गरिरहेको छ ।

वि.सं.२०७९ असोज २८ शुक्रवार १६:४८ मा प्रकाशित

You can share this post!

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...