back
NMB ad

वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड

Kumari bank ad

काठमाडौं । प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामाग्री भन्दा प्रकृतिको संरक्षण गरी बनेका निर्माण सामाग्रीको प्रयोगमा जोड दिइएको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समय आधुनिक निर्माण सामग्रीको रूपमा विकास भएको इको प्यानलको प्रयोगमा जोड दिएका हुन् ।

भक्तपुरको ख्व्प कलेजमा वातावरण विज्ञान विषयका प्राध्यापकसमेत रहेका इन्जिनियर दुवालले प्राकृतिक विनाश हुँदै गएकोमा चिन्ता व्यक्त गरे । यही कारण प्रकृतिलाई जीवन्त बनाइराख्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको जोड थियो ।

भौतिक संरचनाको निर्माणमा प्रयोग हुने परम्परागत निर्माण सामाग्रीहरू जस्तै इँटा, बालुवा, झ्यालढोकालगायतका निर्माण सामग्री प्रकृतिको दोहनबाटै बन्ने गरेको उनले बताए । माटोबाट इँटा, खानीबाट बालुवा अनि रुखविरुवा काटेर बनेका काठबाट झ्यालढोका बन्ने भएकाले वातावरण विनाश नगरी बनेका निर्माण सामाग्रीहरूको उपभोग गर्नुपर्नेमा उनको जोड थियो ।

ुहिजाआज यी निर्माण सामाग्रीको विकल्पका रूपमा विभिन्न आधुनिक निर्माण सामग्री पनि बजारमा आइरहेका छन् । यीमध्ये इको प्यानल पनि एक हो, नेपाल इको प्यानलका सिइओसमेत रहेको इन्जिनियर दुवाल भन्छन्, जे भए पनि प्राकृतिक विनाशलाई रोक्नमा सबैले सहयोग गरौं भन्ने लाग्छ ।
इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।

इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई वातावरणमैत्री पनि रहेकोले यसको प्रयोगबारे जनचेतना फैलाउनुपर्नेमा उनको जोड थियो ।

वि.सं.२०७९ असोज २९ शनिवार २०:३३ मा प्रकाशित

You can share this post!

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:००

काठमाडौँ, १५ जेठः सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न...

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५५

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षलाई ‘महिला लगानी...

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५१

काठमाडौँ, १५ जेठः अन्तर्राष्ट्रिय श्रम रोजगारबाट फर्किएका एक लाख ‘रिटर्नी’लाई...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४८

काठमाडौँ, १५ जेठ : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि...

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४६

जनकपुर, १५ जेठः नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी...

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४३

काठमाडौँ, १५ जेठ : सरकारले आगामी वर्ष १६ लाख विदेशी...