back
NMB ad

४५ कम्पनीले ब्रोकर लाइसेन्सको लागि नेप्सेमा आवेदन दिए (सूचिसहित)

Kumari bank ad

काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सको लागि नेपाल स्टक एक्सचेन्जमा ४५ वटा कम्पनीले निवेदन दिएका छन् । निवेदन दिएका मध्ये ४५ वटा कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ ।

नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने अधिकांश कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँको सीमामा रहेको नेप्सेले जनाएको छ । नयाँ ब्रोकर लाइसेन्स ३ किसिमका हुनेछन् । पुँजी संरचनाका आधारमा फरकफरक सेवा प्रदान गर्ने गरी बोर्डले ३ किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो ।

आवेदन दिने ४५ कम्पनी मध्ये डिलर सहितको ब्रोकर कम्पनीको लाइसेन्स माग्ने नबिल बैंक मात्रै रहेको छ । नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएको सहायक कम्पनी नबिल सेक्युरिटिजको नाममा आवेदन मागेको हो । ६० करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजीसहित आवेदन दिनेमा सेन्चुरी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज, मेगा स्टक मार्केट रहेका छन् । बाँकी ४१ कम्पनीले २० करोड रुपैयाँ चुक्ता पुँजी रहने कमिसन ब्रोकरको लागि आवेदन दिएका छन् ।

आवेदन दिने कम्पनीमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, कलश सेक्युरिटिज प्रालि, हिमालयन ब्रोकरेज कम्पनी,एनएमबी सेक्युरिटिज लिमिटेड,सेक्युरिटिज लिमिटेड,प्रोपर्टी बिजार्ड लिमिटेड,सेयरप्रो सेक्युरिटिज लिमिटेड,माछापुच्छ्रे सेक्युरिटिज प्रालि,एनआईसी एसिया सेक्युरिटिज लिमिटेड,सन सेक्युरिटिज प्रालि,पाही इन्भेस्टमेन्ट लिमिटेड,मियो सेक्युरिटिज प्रालि,मेगा स्टक ब्रोकर लिमिटेड,एलिट स्टक हाउस,इन्फिनिटी सेक्युरिटिज लिमिटेड,इन्डेक्स सेक्युरिटिज लिमिटेड,जेबीएनएल सेक्युरिटिज लिमिटेड,प्रभु स्टक मार्केट क्यापिटल लिमिटेडे,आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड,एसपीएसबी सेक्युरिटिज लिमिटेड,नबिल सेक्युरिटिज लिमिटेड,शुभकामना सेक्युरिटिज प्रालि,ट्रेडमो सेक्युरिटिज प्रालि,सानिमा सेक्युरिटिज लिमिटेड,आकाशभैरव सेक्युरिटिज लिमिटेड,हिमालयन सेक्युरिटिज लिमिटेड,क्यापिटल हब प्रालि,गरिमा सेक्युरिटिज लिमिटेड,स्टक्सकाट्र्स सेक्युरिटिज लिमिटेड,हातेमालो फानान्सियल सर्भिसेज प्रालि,सीबीआईएल सेक्युरिटिज,इगल स्टक इक्विटी प्रालि,इन्दिरा सेक्युरिटिज प्रालि,ब्ल्युचिप सेक्युरिटिज लिमिटेड,मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड,सनी सेक्युरिटिज कम्पनी लिमिटेड,सजिलो ब्रोकर कम्पनी लिमिटेड लगायत छन्।

वि.सं.२०७९ असोज ३१ सोमवार १९:०९ मा प्रकाशित

You can share this post!

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने   

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०९:५४

काठमाडौँ, १६ जेठ : आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका...

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...