back
NMB ad

कर्जाको ब्याजदर बढ्न सक्ने

Kumari bank ad

काठमाडौं । बैंकहरुले  कात्तिकमा पनि असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसअनुसार बैंकहरुले कात्तिकको लागि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।

यसैगरी, रेमिट्यान्स मुद्दतिमा १३.१३ प्रतिशत देखि १५.१३३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । भदौसम्म व्यक्तिगत मुद्दति ११.०३ प्रतिशत र संस्थागतमा ९.०३ प्रतिशत थियो । उक्त ब्याजदर असोजमा बढाएर १२.१३३ प्रतिशत र १०.१३३ प्रतिशत पुर्याएका थिए ।

त्रैमासको अन्तिम महिनामा निक्षेपको ब्याजदर बढेकाले कात्तिक महिनामा कर्जाको ब्याजदर बढ्ने भएको हो ।

निक्षेपको ब्याजदर महिनैपिच्छे घटबढ गर्न पाइने राष्ट्र बैंकको नियम भए पनि कर्जाको ब्याजदर भने प्रत्येक ३ महिनामा रिभ्यु गर्न सकिने प्रावधान छ । सोही बमोजिम चालु आर्थिक वर्षको पहिलो ३ महिना आज सोमबारबाट सकिँदैछ । त्यसैले मंगलबारबाटै लागू हुने गरी बैंकहरुले नयाँ ब्याजदर निर्धारण गरेका छन् ।

बैंकहरुले आधार दरमा प्रिमियम थपेर ब्याज निर्धारण गर्ने गरेका छन् । अहिले बैंकहरुको आधार दर नै १० प्रतिशत भन्दा बढी छ । निक्षेपको ब्याज बढेसँगै आधार दर पनि बढ्ने गरेको छ । जसअनुसार कात्तिक महिनामा बैंकहरुको आधार आधार दर ११ प्रतिशत भन्दा माथि जानेछ ।

आधार दर बढेपछि ऋणको ब्याज स्वतः बढ्छ । यसले कात्तिकबाट नयाँ कर्जा मात्रै होइन, पुरानो कर्जा समेत महँगिने भएको छ । बैंकहरुले आधार दर बढेसँगै पूराना ऋणीको ब्याजदर पनि बढाउँदै आएका छन् ।

वि.सं.२०७९ असोज ३१ सोमवार २०:४७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...