back
NMB ad

नवौं राष्ट्रिय खेलकुदमा नेपाल प्रहरीलाई ४३ स्वर्ण

Kumari bank ad

कास्की । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले १२९ पदक प्राप्त गरेको छ । प्राप्त गरेका पदकमा ४३ स्वर्ण, ३८ रजत र ४८ कास्य छन् ।

विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, २ रजत र ५ कास्य, भारोत्तोलनमा ८ स्वर्ण र ५ रजत प्राप्त गरेको छ ।

टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, जुडोमा ३ स्वर्ण, १ रजत र ५ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य प्रहरीले हात पारेको छ ।

यस्तै पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्याक्ट करातेमा १ स्वर्ण, १ रजत र २ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य, एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ४ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य प्रहरीका खेलाडीले जितेका छन् ।

बुद्धिचालमा ३ रजत, सुटिङमा १ रजत र २ कास्य, आर्चरीमा १ रजत, आईटिएफ तेक्वान्दोमा ४ कास्य, लन टेनिसमा २ कास्य तथा ब्याडमिन्टनमा २ कास्य पनि प्रहरीले जितेको छ ।

नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ १८ स्वर्ण, १७ रजत र २६ कास्य, पुरूषतर्फ २३ स्वर्ण, २० रजत र २१ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएका छन् ।

वि.सं.२०७९ कात्तिक २ बुधवार १४:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै, उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु   

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै, उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु   

वि.सं.२०८१ जेठ २० आइतवार १२:१७

काठमाडौँ, २० जेठ : औद्योगिक नगरी वीरगञ्ज र आसपासका क्षेत्रमा...

विश्वकप क्रिकेटः अमेरिकाद्वारा क्यानडा पराजित   

विश्वकप क्रिकेटः अमेरिकाद्वारा क्यानडा पराजित   

वि.सं.२०८१ जेठ २० आइतवार १२:०२

काठमाडौँ, २० जेठ : आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी...

प्रभु बैंकका ग्राहकलाइ होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गमा छुट

प्रभु बैंकका ग्राहकलाइ होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गमा छुट

वि.सं.२०८१ जेठ २० आइतवार ११:५५

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०८१ जेठ २० आइतवार ११:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ...

पर्वत पैयु खोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

पर्वत पैयु खोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २० आइतवार ११:११

काठमाडौं । पर्वत पैयु खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन...

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो   

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो   

वि.सं.२०८१ जेठ २० आइतवार १०:५९

काठमाडौँ, २० जेठ : काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री...