back
NMB ad

जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज

Kumari bank ad

जुम्ला । चन्दननाथ नगरपालिका-५ कालेखोलीका मनोज बुढाथोकी मगरले जुम्ला मै ७० जनालाई रोजगारी दिइरहेका छन् । उनले बैदेशिक रोजगारीका लागि विदेसिने युवा शक्तिलाई स्वदेश मै रोक्न रोजगारीमूलक पेशा व्यवसायी सुरु गरेका हुन् ।

स्वदेशमा रोजगारको अवसरमा नपाएका युवाहरू दिनप्रतिदिन भरतसहितका खाडी मुलुकतिर लागेको देखेपछि उनले युवालाई रोङ्उकन उद्योग संञ्चालन गरेको बुढाथोकी मगरले बताए । मनोजले एम्स एग्रिकल्चर रिसर्च सेन्टर सञ्चालन गरेका छन् । उनले रिसर्ज सेन्टरमार्फत धेरै उद्यमशिलताका काम गर्दै आएको बताए ।

इँट्टा उत्पादन, ग्रिल निर्माण, कुटानीपिसानी मिल, व्यावसायीक बङ्गुर पालनसहित बोर्डिङ स्कूल सञ्चालन गरेका छन् । उनको बङ्गुर पालन व्यावसायले बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेको छ । फोहोर व्यवस्थापनको दिगो लक्ष्यसहित एक वर्षअघि ६ लाख लगानीमा बङ्गुर पालन व्यवसाय सुरु गरेका हुन् ।

एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा उद्यमी मनोजले व्यवसाय सुरु गर्दा तीन वटा बङ्गुर थिए । अहिले ४५ वटा छन् । बहुउद्देश्यीय लक्ष्यले बङ्गुरपालन सुरु गरिएको उनले बताए । बजारमा फोहोर बढ्दै गएपछि चन्दननाथ नगरपालिकालाई व्यवस्थापनको समस्या पनि उत्तिकै छ । तर, बङ्गुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छन् ।

बङ्गुर फर्म आसपासको जग्गा भाडामा लिएर व्यावसायीक तरकारी खेती गर्ने र बङ्गुरको दिसालाई मलका रुपमा प्रयोग गर्ने योजना रहेको उनले बताए । बजारको फोहोर खुवाउने, दिसा मलका रुपमा प्रयोग गरी तरकारी खेती गर्ने बहुउद्देश्यीय लक्ष्य सफलता उन्मुख छ, उनले भने । दैनिक रुपमा बजारको झण्डै तीन क्विन्टल कुहिने फोहोर व्यक्तिगत रुपमा संकलन गरी बङ्गुरको दानाको रुपमा प्रयोग भइरहेको छ ।

उनले कुटानी पिसानी मिल समेत सञ्चालन गरेका छन् । जसबाट स्थानीयलाई राहत मिलेको छ । राजनीतिसँगै उद्यमशीलतामा सफल बन्दै गएका मनोजले आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र उद्यमशीलतामा जोड दिएका छन् । उद्यमशीलतामा लगानी बढाए अबको २० वर्षपछि जुम्लासहित मुलुक परनिर्भरताबाट मुक्त हुने उनले विश्वास गरेका छन् ।

वि.सं.२०७९ कात्तिक ५ शनिवार १४:३१ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...