back
NMB ad

बागलुङ १ मा सूर्य र चित्रबहादुरबीचको चुनावी भिडन्त रोचक बन्दै

Kumari bank ad

काठमाडौ‌ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । सत्ता गठबन्धनभित्रै कतिपय विषयमा फरक मत राखेर अनौठो व्यवहार गर्ने उनलाई निर्वाचनमा कडा टक्कर दिइरहेका छन् एमालेका डा. सूर्य पाठकले ।

सोही निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचन जितेका पाठकको प्रतिद्वन्द्वीको रूपमा चित्रबहादुर आएपछि बागलुङ १ को चुनावी भिडन्त रोचक बनेको छ ।

तर, एक बहस कार्यक्रममा चित्रबहादुर अनुपस्थित भएपछि उनको आलोचना भएको छ । उनी जनताको प्रश्न सामना गर्न नसकेर भागेको आरोप लागेको छ । प्रसंग हो, एक टेलिभिजन बहस कार्यक्रमको ।

उम्मेदवारहरूबीच बहस गराउन बागलुङ पुगेका थिए पत्रकार ऋषि धमला । सो कार्यक्रममा चित्रबहादुरसहित सूर्य पाठकलगायतलाई बोलाइएको थियो । तर, केसी गइदिएनन् । कार्यक्रममा धमलाले चित्रबहादुर आइनपुगेको भनेर के भन्न भ्याएका थिए, उपस्थित सर्वसाधारण होहल्ला गर्न थाले ।

सोही बीचमा पाठकले भने, ‘मेरो केही कुरा छ, बागलुङमा चित्रबहादुरजी र मेरोबीचमा प्रतिस्पर्धा हुँदैछ । म उहाँसँग डिबेट गर्न मतदातालाई भेट्न छाडेर उहाँ आएको छु । त्यसकारण उहाँको उपस्थिति अनिवार्य छ ।’ उनी ननुपस्थित भएपछि स्वतन्त्र उम्मेदवार चन्द्रबहादुरलाई पाठकसँग राखेर धमलाले कार्यक्रम चलाए ।

तर, पाठकले कार्यक्रममा निरन्तर चित्रबहादुरको खोजी गरिरहे । यतिसम्म कि केसी नआएसम्म आफू बोल्न तयार नभएको बरु पर्खिने बताए । धमलाले पाठकजी तपाईको एजेण्डा के भनेर प्रश्न गर्दा चित्रबहादुर आएपछि मात्रै बहस गर्ने अडान लिइरहे ।

उनले यहाँको बहस आफ्नो र चित्रबहादुरको हुने भएकाले उनको उपस्थिति अनिवार्य भएको बताए । उनले लोकतन्त्रमा प्रश्नबाट भाग्न नमिल्ने भन्दै त्यसका लागि आफू पर्खिन तयार रहेको बताए । तर, धमलाले कार्यक्रम अघि बढाउन खोजेपछि यसरी नहुने भन्दै दर्शकदीर्घाबाट होहल्ला भयो ।

धमलाले भने दर्शकतर्फ संकेत गरेर उम्मेदवारलाई प्रश्न सोध्न आग्रह गरे । यहीक्रममा दर्शकदीर्घाबाट जीवन शर्माले सूर्य पाठकले अघिल्लो निर्वाचनमा विजयी भएपछि जनताको पक्षबाट के काम गरे भन्दै प्रश्न गरे ।

उनको प्रश्नपछि उनले पाठकले आफू प्रश्नबाट नभाग्ने बताए । तर, चित्रबहादुर भागेको उनको आशय थियो । उनले चित्रबहादुर नआउने निष्कर्षका साथ सबैको सम्मान गर्दै मतदातामार्फत आफ्ना कुराहरू राख्ने बताए ।

सो क्रममा उनले आफ्ना चुनावी एजेण्डा विगतमा आफूले गरेका काम कारबाहीको बेलिविस्तार सुनाए । उनले चुनावपछि एमालेले बहुमत ल्याउने र अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

वि.सं.२०७९ कात्तिक १६ बुधवार १३:०९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...