back
NMB ad

आज तीनवटा क्यापिटलको साधारण सभा, यस्ता छन एजेण्डा

Kumari bank ad

काठमाडौं । एनएमबि क्यापिटलको एजीएम शुक्रबार बस्दै छ । सभा आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले २१।०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ ।

साथै, हाल कायम चुक्ता पुँजी २० करोडको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

एनआइबीएल एस क्यापिटलको पनि शुक्रबार नै एजीएम बस्दै छ । सभामा कम्पनीले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभाले अन्य मर्चेन्ट बैंक एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै, सनराइज क्यापिटलको पनि एजीएम बस्दैछ । सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभा सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

 

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ११:१२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...