back
NMB ad

दुई करोड बढीको अवैध सामान भैरहवा भन्सारको नियन्त्रणमा

Kumari bank ad

मोहम्मद हबिब, भैरहवा  ।  भैरहवा भन्सार कार्यालयले चोरी पैठारीको अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअप सहित एक गोदामबाट भारी मात्रामा विभिन्न बस्तु बरामद भएको हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलको नेतृत्वमा गएको टोलीले विहान साढे ५ बजे बुटवलबाट एक पिकअपबाट कपडा, विहान ८ बजे कपिलवस्तुको पकडीबाट एक पिकअप सुर्ती र कपिलवस्तु चाकाचौडा नाकाको मायादेवी –८ बरकुलबाट उनीहरुले स्टक बनाएर राखेको  गोदामबाट कपडा, जुत्ता, चप्पल, सुर्ति, गुटखाका प्याकिङ सामान, रेक्सीन लगायतका बस्तु बरामद गरेको हो ।

प्रारम्भिक तथ्याङक अनुसार २ करोड बण्किो सामान छ । बरामद सबै सामानको तथ्याङक संकलन भइरहेको छ । ती सामान सबै लिलाम हुन्छ भने गोदाममा सामानमात्रै भेटिएकोले संकास्पद व्यक्तिको पहिचान गरी मुद्दा दर्ता हुने प्रमुख पौडेलले बताए ।

बिहानैबाट खटिएको टोली लोकेशन अनुसार नै ती बस्तुहरु नियन्त्रण लिदै गइरहेको थियो । गोदामबाट गइरहेको सामानहरु बाटोमा फेला पारेपछि हामी कपिलवस्तु र रुपन्देही प्रशासनको सहयोगमा गोदाम सम्म पुगेर सामान बरामद गरेको भन्सार प्रमुख पौडेलले भने । सम्भवत बरामद सामान एकै ठाउको यति ठूलो मात्रामा यस क्षेत्रकै पहिलो हो । भैरहवा भन्सार कार्यालयमा आइरहने नियमित सामानहरु नै गोदामबाट बरामद भएको छ ।

अहिले गृहमन्त्री यस क्षेत्रमा केन्द्रित भइरहदा पनि करोडौको सामान बरामद हुन भनेकै सुरक्षाप्रमुखमाथि नै प्रश्न उठेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शून्य छ भनिरहदा भन्सारले ठूलो मात्रामा यी सामान बरामद हुनु भनेको तस्करी मिलोमतोमा भइरहेको छ भन्ने पुष्टि हुन्छ । सयौँ सुरक्षा जनशक्ति र संयन्त्र हुदा पनि नसमातिनु भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरी माथि शंकाको प्रश्न छ ।

वि.सं.२०७९ कात्तिक २२ मंगलवार २०:३८ मा प्रकाशित

You can share this post!

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...