back
NMB ad

ईओसी नेपालले भन्यो : पर्यवेक्षणसम्बन्धी कार्यहरुको सम्पुर्ण तयारी पूरा भयो

Kumari bank ad

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपाल (ई.ओ.सि.नेपाल)ले मंसिर ४ गते हुने निर्वाचनको लागि पर्यवेक्षणसम्बन्धी कार्यहरुको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले पर्यवेक्षणसम्बन्धी कार्यहरुको सम्पुर्ण तयारी पूरा गरेको जानकारी दिएको हो । ई.ओ.सि.नेपालले लामो समयका लागि ४६ जिल्लामा ४६ जना पर्यवेक्षकहरु परिचालन गरी आवश्यक दक्षतासम्बन्धी गत असोज ५ देखि ९ गतेसम्म पाँचदिने तालिम सम्पन्न गरेको छ ।

त्यस्तै, छोटो समयका लागि ७५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा ई.ओ.सि.नेपालका पर्यवेक्षकहरुले निर्वाचनको विविध पक्ष तथा आयामहरुको पर्यवेक्षण कार्य गर्ने जनाइएको छ। त्यसको लागि ५ सय ६ जना पर्यवेक्षकहरु परिचालन हुँदैछन् ।

हाल पर्यवेक्षण गर्ने पर्यवेक्षकहरुको नाममा निर्वाचन आयोगबाट आवश्यक स्विकृतिसहित उनीहरुको नाममा परिचयपत्रसमेत प्राप्त गरी सम्बन्धितहरुलाई वितरण कार्य भइरहेको ई.ओ.सि.नेपालले जनाएको छ ।

कुल पर्यवेक्षकको संख्या ५ सय ३० मध्ये पुरुष ३ सय ३० र महिला २ सय १ पर्यवेक्षक खटाइएको छ । पर्यवेक्षकको सूचीमा आदिवासी÷जनजाति, खस÷आर्य, थारु, दलित, मधेशी, मुस्लिमलगायतको प्रतिनिधित्व गराइएको छ ।

ई.ओ.सि.नेपालका अनुसार पर्यवेक्षकहरु परिचालित निर्वाचन केन्द्रहरुमा मतदानपूर्व केही दिनदेखि मतगणना सम्पन्न गरी नतिजा प्रकाशन हुँदाको समयसम्म सम्बन्धित स्थानमा खटिनेछन् ।
निर्वाचन आचारसंहिताको अतिरिक्त निर्वाचनको प्रक्रृया तथा विधि र विषयहरुमाथि समेत अध्ययन, अवलोकन गरी प्राप्त सूचनाहरुलाई आधारभुत रूपमा ग्रहण गर्दै पर्यवेक्षण गर्ने जारी विज्ञप्तीमा जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन पर्यवेक्षक समिति नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले नेपालमा लोकतन्त्र बामे सर्दै गरेको बताएका छन् । लोकतन्त्र संरक्षण र प्रवद्र्धन गर्न चुनाव निकै महत्वपुर्ण रहेको उनको भनाइ थियो । उनले भने,‘लोकतन्त्रमा नभई नहुने तत्व भनेकै चुनाव हो, निर्वाचनको प्रक्रिया स्वच्छ हुनुपर्छ ।’ नेपालले अबलम्बन गरेको मिश्रित निर्वाचन प्रणाली हो भन्दै उनले निर्वाचन पद्धतीअन्तर्गत निर्वाचन गर्दै गर्दा त्यसका प्रक्रिया र विधिहरुले आधारभुत प्रक्रिया पुरा गरेको छ वा छैन् भन्ने कुरा आवश्यक हुने उनले बताए । निर्वाचनबाट मिश्रित निर्वाचन प्रणालीको विश्वसनियता झल्किने उनको भनाइ थियो ।

उनले मिश्रित निर्वाचन प्रणालीमा सबैभन्दा बढी प्रश्न विश्वसनियतामा उठ्ने जिकिर गरे । त्यसमा पनि नागरिकहरुको सहभागिता, विधि र प्रक्रियामा ध्यान दिनुपर्ने बताए ।

निर्वाचन पर्यवेक्षक समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलले देशमा संघीयता लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि दोस्रोपटक आवधिक निर्वाचनमा होमिएको बताएका छन् ।
प्रतिनिधि सभाका लागि १६५ र प्रदेश सभाका लागि ३ सय ३० वटा स्थानमा निर्वाचन हुन गइरहेको जानकारी दिँदै पोखरेलले सबै स्थानहरुलाई निर्वाचन पर्यवेक्षक समिति नेपालले नियाल्दै आइरहेको बताए ।

निर्वाचन पर्यवेक्षक समिति नेपालको आगामी निर्वाचनमा हुने काम कर्तव्यबारे जानकारी दिँदै पोखरेलले भने,‘प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पर्यवेक्षण गर्ने, प्रतिवेदन तयार पार्ने, निर्वाचन कति शान्तिपुर्ण, कति निश्पक्ष, कति पारदर्शी ढंगबाट सम्पन्न भयो त्यसको अनुगमन गर्ने जिम्मेवारी पाएका छौं ।’

उनले गत २०७४ को सालमा नभएको यसपटकको निर्वाचनमा जेलका कैदीबन्दीहरु र बृद्धाआश्रमका वृद्धाबृद्धाले पनि पहिलोपटक मतदान गर्न मिल्ने बताए । जेल र बृद्धाश्रमहरुमा पनि अहिले मतदान केन्द्रहरु स्थापना भइरहेको उनले सुनाए । ती स्थानमा पनि आफ्नो संस्थाले पर्यवेक्षकहरु खटाएर पर्यवेक्षण गर्ने उनले बताए ।

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १५:५८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...