back
NMB ad

जीवन विकास लघुवित्तको नाफा घट्यो, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा १६.४० प्रतिशतले कम हो ।

गत वर्ष यही अवधिमा कम्पनीले १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो लघुवित्तले १० अर्ब ६ करोड ४२ लाख रुपैयाँ सापटी लिएर छ ।

यसले २४ अर्ब २६ करोड ३७ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म संस्थाले ९ अर्ब ७६ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

असोज ससान्तसम्म सञ्चालन नाफा २०.९४ प्रतिशतले घटेर १२ करोड ५१ लाख ६९ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा १५ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, खुद ब्याज आम्दानी भने ५.९४ प्रतिशतले बढेर ४० करोड ६२ लाख रुपैयाँमा पुगेको छ । खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घट्नाले यसको खुद नाफा प्रभावित भएको हो । यसले ८ करोड ८० लाख रुपैयाँ राइट ब्याक गरेको छ ।

जुन गत वर्षको तुलनामा १८.५१ प्रतिशत कम हो । त्यस्तै, १४ करोड ६४ लाख रुपैयाँ प्रोभिजनमा छुट्याएको छ । जसले गर्दा पनि नाफामा असर परेको हो ।

जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ जम्मा भएको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५९ रुपैयाँ १ पैसाले घटेर ५७ रुपैयाँ १० पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २८३ रुपैयाँ ९२ पैसा छ ।

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ११:५९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...