back
NMB ad

रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल : ग्रिनफिल्ड र इबीए सेमिफाइनलमा

Kumari bank ad

काठमाडौं । ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई १५-२ ले पराजित गर्‍यो । ग्रिनफिल्डको जितमा पुजन उप्रेतीले ९ अंक योगदान गरे । साश्वत कार्कीको १० अंक सहयोगमा इबीएले आयोजक रेडिअन्ट पब्लिकलाई १४-१० ले हरायो ।

जुनियर ब्वाइजमै युनिकले महामञ्जुश्रीलाई १५-११ तथा स्किब्सले भ्याली भ्यूलाई ११–६ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । युनिकका सवल राई तथा स्किब्सका सोहन ठकुरीले समान ८-८ स्कोर गरे ।

सिनियर ब्वाइजमा जेनिथ, डिफेन्डिङ च्याम्पियन निम्स, एचएचसीए र ओसिस सेमिफाइनलमा पुगे । जेनिथले पुष्पसदनलाई ३९-३२, निम्सले आयोजक रेडिअन्टलाई ४३-३६, एचएचसीएले काठमाडौं जेभियरलाई ४१-३७ र ओसिसले ग्रिनफिल्डलाई ५९-५५ ले पन्छाए । जेनिथका सुशिल शाहीले १८, निम्सका सरोज लामिछानेले १०, एचएचसीएका डेविड राईले ११ र ओसिसका सुरेश रोकाले २६ अंक जोडे ।

सिनियर गल्र्समा संस्कृतिले लोक आदर्शलाई २५-४ ले निराश पार्दै साविक विजेता आयोजक रेडिअन्टसंग सेमिफाइनल भेट पक्का गर्‍यो । संस्कृतिकी निसी महतले ७ स्कोर गरिन् । अर्को सेमिफाइनल डिफेन्डिङ च्याम्पियन निम्स र न्यु भिजन एकेडेमीबीच हुनेछ ।

वि.सं.२०७९ कात्तिक २७ आइतवार १८:४९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...