back
NMB ad

नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Kumari bank ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढी मा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय गर्दै आउनु भएका अभिकर्ता हरुलाइ अझबढी सक्षम र ब्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनी ले यश प्रकारको कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र सोही क्रममा आज धनगढीमा यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो । यसै गरि कार्यक्रममा उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गर्नुभएको थियो।

कार्यक्रममा सम्मानित हुनु भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृत बाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको थियो ।

कम्पनीको सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ११:१२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...