back
NMB ad

मेसी चम्किदा अर्जेन्टिनाको जित

Kumari bank ad

काठमाडौं । मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २–० अन्तरले पराजित गरेको छ । दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ  । पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित २–१ को हारपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा परेको थियो ।

मेक्सिकोविरुद्ध पहिलो हाफ कमजोर प्रदर्शन गरेको लियोनल स्कोलानीको अर्जेन्टिना दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्न सफल भएको थियो । ८८ हजार ९ सय ६६ समर्थकबीच मेसीले खेलको ६४औं मिनेटमा अग्रता दिलाएका थिए । एन्जल डि मारियाको पासमा मेसीले सेकेन्ड टचमै बक्स बाहिरबाट बललाई जाली चुमाएका थिए ।

खेल सकिन तीन मिनेटअघि एन्जो फर्नान्डेजले अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । मेसीले उपलब्ध गरेको बललाई फर्नान्डेजले बक्स भित्रबाट ‘कर्लिङ सट’लाई उत्कष्ट फिनिस गरे । २१ वर्षीय फर्नान्डेज खेलको ३३ मिनेट मात्रै मैदानमा रहे । अर्जेन्टिनाको लागि उनको यो पहिलो गोल हो ।

समूह सी को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डको सामना गर्नेछ । जितसँगै  अर्जेन्टिना समूहको दोस्रो स्थानमा उक्लिएको छ । पोल्यान्ड ४ अंकसहित शीर्षस्थानमा छ । समान खेलबाट अर्जेन्टिनाको तीन अंक छ । तीन अंकको साउदी तेस्रो स्थानमा रहँदा मेक्सिको एक अंक सहित पुछारमा छ ।

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...