काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । उक्त दिन दिन सेयर बजार ३२.४३ अंकले बढेको हो ।
आज नेप्से परिसुचक १९६५.९८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि बढेको छ ।
उक्त दिन २ अर्ब २ करोड ५४ लाख ८९ हजार बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०७९ मंसिर ११ आइतवार १५:११ मा प्रकाशित