back
NMB ad

एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्छः विष्णु पौडेल

Kumari bank ad

बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने बताएका छन् । एमालेको नेतृत्वबिना देशले सही निकास पाउन नसक्ने भन्दै उनले निर्वाचनको सम्पूर्ण परिणाम आइसकेपछि सरकार गठनका लागि एमालेले अगुवाइ गर्ने बताए ।

रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सोमबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम पहल गर्ने छ,’ उनले भने ।

पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको पनि बताए । कुनै दलको बहुमत नआउँदा मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने खतरा रहेको उनको भनाइ थियो । राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेन्डा लिएर एमाले चुनावमा गए पनि सत्ता गठबन्धनको चौतर्फी घेराबन्दीका कारण एमालेको बहुमत आउन नसकेको पौडेलले बताए ।

एमालेका शीर्ष नेताहरूलाई पराजित गर्ने योजना रहे पनि त्यो प्रयास सफल नभएको उनले बताए । ‘एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन, प्राप्त जनादेशलाई हामी स्वीकार गर्दै अगाडि बढ्छौं,’ पौडेलले भने । उनले रुपन्देही २ का मतदाताको सल्लाह सुझावलाई आत्मसात गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिवद्धता जनाए ।

पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफू सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दूरी नराखी समदूरी राखेर व्यवहार गर्ने बताए । पौडेलले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सञ्चार क्षेत्रले खेलेको भूमिकाको अविस्मरणीय रहेको भन्दै सराहना गरे ।

वि.सं.२०७९ मंसिर १२ सोमवार १३:४९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...