back
NMB ad

सार्क उद्यम सहयोग आदानप्रदान सम्बन्धी सम्झौता

Kumari bank ad

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघ सार्क अर्बिट्रेसन काउन्सिल तथा नेपाल काउन्सिल अफ अर्बिट्रेसन (नेप्का) र सार्क अर्बिट्रेसन काउन्सिलबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित कार्यक्रममा महासंघका प्रतिनिधि मीना श्रेष्ठ र नेप्काका प्रतिनिधि ज्ञानेन्द्रप्रसाद कायस्थ तथा सार्क अर्बिट्रेसन काउन्सिलका प्रतिनिधि मालिक इमरान अहमद्काले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रभित्र व्यावसायिक प्रवद्र्धन तथा लगानी विस्तारका सन्दर्भमा गरिने करार तथा सम्झौतामा उत्पन्न हुने विवाद तथा समस्या समाधानका लागि प्राविधिक सहयोग तथा कानुनी परामर्शमा आवश्यक सहयोग आदानप्रदान हुने छ ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय, महासंघ अध्यक्ष पशुपति मुरारका, नेप्काका अध्यक्ष वीरेन्द्रबहादुर देउजा, सार्क अर्बिट्रेसन काउन्सिलका प्रतिनिधि इमरान लगायतले नेपाल तथा सार्क क्षेत्रका उद्यमी र व्यवसायीलाई सार्क क्षेत्रमा व्यवसाय विस्तारका क्रममा आउने समस्या समाधानका लागि सम्बन्धित मुलुकमा मध्यस्थताको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेकाथिए ।

प्रकाशित मिति : २०७३ साउन ३१

वि.सं.२०७३ साउन ३१ सोमवार १९:२८ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...