back
NMB ad

कमजोर बन्दै अमेरिकी डलर, बाह्य क्षेत्रको दबाब झेलिरहेको नेपाललाई राहत

Kumari bank ad

काठमाडौं ।  एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रा समेत प्रभावित भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको नेपाली खरिद मूल्य  १२९.६५ रुपैयाँ पुगेको छ भने बिक्री दर १३०.२५ रुपैयाँ कायम छ । गत बुधबार खरिद दर १२९.९८ रुपैयाँ र बिक्री दर १३०.५८ रुपैयाँ थियो ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पवेलले ब्याजदरमा वृद्धिदरको गति घटाउने संकेत गरेपछि डलर कमजोर हुँदै गइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी पुँजी प्रवाह बढ्ने र घरेलु सेयर बजारमा वृद्धि भएपछि डलरको भाउ कमजोर भएको छ । फेडले ब्याजदरलाई डिसेम्बरभित्रै कम गर्ने अनुमान समेत गरिएको छ ।

यस्तो छ डलर र नेरुको एक साताको ट्रेन्ड

शुक्रबार – खरिद दर : १२९.६५, बिक्री दर : १३०.२५
बिहीबार – खरिद दर : १२९.९८ बिक्री दर : १३०.५८
बुधबार – खरिद दर : १३०.४६ बिक्री दर : १३१.०६
मंगलबार – खरिद दर : १३०.३८ बिक्री दर : १३०.९८
सोमबार – खरिद दर : १३०.४० बिक्री दर : १३१
आइतबार – खरिद दर : १३०.४० बिक्री दर : १३१

बाह्य क्षेत्रमा राहत
नेपालको अर्थतन्त्रमा पछिल्लो डेढ वर्षदेखि बाह्य क्षेत्रमा परेको चापलाई राहत पुग्ने देखिन्छ । विश्व बजारमा रुस/युक्रेन युद्धका कारण आपूर्ति प्रणाली खलबलिएसँगै महँगी चुलिएपछि आयातमुखी अर्थतन्त्र भएका नेपाल जस्ता देशलाई विदेशी मुद्राको संकट परिरहेको छ । शोधनान्तर घाटामा पुगेपछि बैंकिङ प्रणालीमा तरलता असहजता बढ्दै गएर ब्याजदर वृद्धि तिव्र भएको छ । यसले उत्पादन र लगानीको क्षेत्रमा मन्दीको अवस्था निम्त्याएको छ ।

डलर कमजोर बन्दा नेपालले आयात गरेबापत बाहिर पठाउने मुद्रा सस्तो पर्न जान्छ । जसले आयातमार्फत शोधनान्तरमा परेको चापलाई समेत कम गर्ने देखिन्छ । डलर सस्तो हुनु भनेको एक किसिमले महँगी दरमा समेत कमी आउनु हो ।

त्यस्तै डलर सस्तो हुँदा विदेशमा पढ्न जाने नेपाली विद्यार्थीले तिर्ने शुल्क पनि घट्ने छ। त्यस्तै नेपालले वैदेशिक विकास साझेदारहरूसँग लिएको ऋणको साँवाब्याजको दायित्व समेत कम पर्ने हुन्छ ।  डलरको भाउ घटेसँगै भुक्तानीमा पनि सहजता आउने भएकाले बाह्य क्षेत्रमा चाप घट्ने अर्थशास्त्रीहरूको अनुमान छ ।

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:०९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...