back
NMB ad

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

Kumari bank ad

काठमाडौं ।  अमेरिकालाई ३–१ ले पराजित गर्दै नेदरल्यान्ड्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ । शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउँन मेम्फिस डिपाए, डेले ब्लाइन्ड र डेन्जेल डम्फ्रिसले एक-एक गोल गरेका थिए ।

खेलको १०औं मिनेटमा डम्फ्रिसको पासमा नेदरल्यान्ड्सलाई डिपाएले अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डम्फ्रिसकै पासमा डेले ब्लाइन्डले अग्रता दोब्बर पारे ।

खेलको ७८औं मिनेटमा अमेरिकाका हाजी राइटले अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे । तर, ८१औं मिनेटमा डम्फ्रिसले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे ।

अमेरिका बाहिरिएसँगै जारी विश्वकपमा उत्तर तथा मध्य अमेरिकी टोलीहरुको चुनौती समाप्त भएको छ । अमेरिका अघि मेक्सिको, क्यानाडा र कोस्टारिका समूह चरणबाटै विदा भइसकेका थिए ।

वि.सं.२०७९ मंसिर १८ आइतवार ०६:१६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...