back
NMB ad

बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा, उद्घाटनको अबसरमा विशेष छुट

Kumari bank ad

काठमाडौं । बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेडले पोखराको नयाँबजारमा नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ ।

बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ । अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।

पोखरामा नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ । यो शोरुममा घक् सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन् । पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा विश्वस्त छ ।

बेनेलीले नयाँ शोरुमको उद्घघाटनको उपलक्ष्यमा रु. ३०,००० छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन रु. ४०,०००, न्यूनतम डाउन पेमेन्ट रु. ६०,०००, र ५०% डाउन पेमेन्टको साथ फाइनान्सिङमा ०% ब्याजदर प्रदान गर्नेे भएको छ । साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५०% छुट र लुब्रिकेन्टमा १५% छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।

बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरु निर्माण गर्दछ जुन बलियो र स्पोर्टी दुवै छ । यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो ।

नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् ।

यी मोटरसाइकलहरू १२५ सीसी देखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यीनको मूल्यहरू रु. २,६४,९०० देखि रु. २५,१५,००० सम्म पर्दछ ।

वि.सं.२०७९ मंसिर १९ सोमवार १३:०५ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...