back
NMB ad

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

Kumari bank ad

काठमाडौं ।  कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिलाको प्रतिनिधित्व शून्य देखिएको छ । कर्णाली प्रदेशका प्रत्यक्षतर्फको २४ सिटमा महिला र दलितको उपस्थिति नदेखिएको हो ।

कर्णालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ९-९ सिट जितेका छन् । एमालेले पाँच सिट जितेको छ । एकजना मात्र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जसमध्ये अधिकांश खसआर्य पुरुषका बाहुल्यता छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सभाको ३२ सिटमा पनि महिला र दलित प्रतिनिधित्व देखिँदैन । यहाँ नेपाली कांग्रेसले १२ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ । आठ सिटसहित माओवादी केन्द्र दोस्रो दल बनेको छ ।

नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले तीन, एकीकृत समाजवादीले तीन सिटमा जित निकालेका छन् । एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । याे प्रदेशमा पनि अधिकांशमा खस आर्य पुरुषकै बाहुल्यता देखिन्छ । यहाँ महिला र दलितको प्रतिनिधित्व पुर्‍याउन समानुपातिक सिटको भर पर्नुपर्ने देखिएको छ ।

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...