back
NMB ad

एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा मंसिर २५ गते आईतबार अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभीने (मर्ज) सम्बन्धमा समितिबाट प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।

साथै, बिशेष प्रस्ताव अन्तर्गत नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति तथा कारोबारको मुल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरी प्रस्ताव गरिएको शेयर स्वाप अनुपात १ः१ पारित गरेको छ ।

एक आपसमा गाभिने प्रयोजनका लागि भएको मर्जर सम्बन्धी समझदारी पत्र संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अुनमोदन गरेको छ ।

एक आपसमा गाभिने सम्वन्धमा नेपाल राष्ट्र बैंक र अन्य निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशनको कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गरिएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड हाल ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा, १५ एक्टेन्सन काउण्टर र १४४ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७९ मंसिर २६ सोमवार १२:१७ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...