back
NMB ad

मुलुकको पक्षमा काम गर्ने चुनौतीपूर्ण अवसर प्राप्त– प्रधानमन्त्री

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना लागि मुलुकको पक्षका केही महत्वपूर्ण काम गर्ने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आज गोरखाका जौबारीको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै उहाँले मुलुक र जनताका पक्षका केही न केही गरौँ भन्ने सोंच रहेको र त्यसलाई पूरा गर्न सबैको साथ तथा सहयोग जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “राजनीतिक परिस्थिति एकदमै चुनौतीपूर्ण छ । जनताको आकाङ्क्षा धेरै छन् । आफू र आफ्नो पार्टीका लागि चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । यसबाट केही परिणाममुखी काम गर्नेछु भन्ने विश्वास पनि पैदा भएको छ ।”

उहाँले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भन्दै निश्चल मनले शुभकामना दिएकामा सबैलाई धन्यवाद दिनुभयो । सो अवसरमा गोरखा जौबारीका प्रतिनिधिमण्डलले गोरखा जिल्लाको समग्र विकास र योजनाका बारेमा प्रधानमन्त्री दाहालसँग माग गरेको थियो ।

प्रकाशितः २०७३ भदौ ४

वि.सं.२०७३ भदौ ४ शनिवार १३:४२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...