back
NMB ad

आज थप ५ कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । पुस ६ गते  बुधबार नेप्सेमा सूचिकृत थप ५ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । उक्त दिन सगरमाथा इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, गुहेश्वरी मर्चेन्ट, राधी विद्युत कम्पनी र सेन्ट्रल फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

सगरमाथा इन्स्योरेन्स
सगरमाथा इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ०.६५७९ प्रतिशत नगद लाभांश गरी कुल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश बीमा प्राधिकरणबाट स्विकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीमा वितरण गरिनेछ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने ६ करोड ६५ लाख २८ हजार रुपैयाँ बराबरको बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.३७ प्रतशितका दरले हुन आउने ३५ लाख १ हजार ४७३ रुपैयाँ ६८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

मेरो माइक्रोफाइनान्स
मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको पुस ५ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७८र७९ को नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत(कर प्रयोजनका लागि समेत) नगद वितरण गर्ने निर्णय गरेको हो । यसले बोनस र नगद गरि कुल २४ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।

अब राष्ट्र बैंकबाट स्विकृत भई आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।

राधी विद्युत कम्पनी
राधी विद्युत कम्पनीले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस ५ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट बितरण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा बोलाएको हो ।

कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

सेन्ट्रल फाइनान्स
सेन्ट्रल फाइनान्सको पुस ३ गते आइतबार बसेको सञ्चालक समिति बैठकले लभांश घोषणा गरेको हो । कम्पनीले आव २०७८/७९ को नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने निर्णय गरेको हो ।

अब राष्ट्र बैंकबाट स्विकृत भई आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।

वि.सं.२०७९ पुस ६ बुधवार १७:५५ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...