back
NMB ad

गाउँभरी विद्यार्थी संख्या दुई, विद्यालयको नयाँ भवनमा सधैँ ताला

Kumari bank ad

हेमन्त केसी, सुर्खेत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को खिरपानी सामुदायिक आधारभूत विद्यालयमा गाउँभरिका दुई जना विद्यार्थी छन्।  तीन कक्षासम्म अध्ययन हुने विद्यालयमा जम्मा १४ जना विद्यार्थी छन् । सिंगो तुम्कोटबाट दुई जनामात्र विद्यार्थी स्कुल जान्छन् ।

गाउँका अधिकांश विद्यार्थी जिल्लाबाहिर र बौद्ध विद्यालय टोपे (लामा)  अध्ययन गर्ने भएपछि यस्तो समस्या देखिएको हो। तुम्कोट गाउँका कक्षा ३ मा पेमा लुङडुप तामाङ र कक्षा १ मा नोरसाङ तामाङ मात्रै अध्ययन गर्छन् भने अन्य १२ विद्यार्थी जिल्लाबाहिरका छन् । यो विद्यालयमा तीन जना शिक्षक छन् । तीमध्ये एक शिक्षक प्राविको स्थायी दरबन्दीमा छन् भने अरु दुई जना प्राविको राहत कोटाबाट हुन् । अधिकांश बालबालिका बौद्ध विद्यालयमा टोपे (लामा) अध्ययन गर्न जाने भएकोले विद्यालयमा विद्यार्थी अभाव भएको शिक्षिका छिरिङ पामा लामाले बताइन् ।

सिमकोट गाउँपालिका– ४ को स्याम्ने गाउँको जनज्योति आवि निर्माण भएदेखि ताला लगाएको छ । विद्यालयमा नयाँ निर्माण भएको भवनका कक्षाकोठामा ताला लगाइएको छ भने विद्यार्थीलाई एउटै कोठामा बहुुकक्षा शिक्षण विधिबाट अध्ययन गराउने गरिएको छ । विद्यालयमा विद्यार्थी संख्या न्यून र शिक्षक दरबन्दी कम हुँदा शिक्षकले उक्त विधिबाट कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता आइलागेको प्रधानाध्यापक कालीबहादुुर शाहीले बताए ।

नयाँ भूकम्पप्रतिरोधी भवन बने पनि शिक्षक दरबन्दी कम र विद्यार्थी संख्या न्यून भएका कारण भवनका कोठामा ताला लगाएर बन्द गर्नुपरेको बताए । उनले नयाँ भवन चारकोठे रहेको तर भवन निर्माण भएदेखि हालसम्म विद्यार्थीले पठनपाठन गर्न नपाएको जानकारी दिए । भवन गतवर्ष निर्माण भएको हो ।

विद्यालयमा नयाँ भवनका साथै अर्को पनि भवन भएका कारण सो भवनको एउटै कोठामा सबै कक्षाका विद्यार्थीलाई राखेर बहुुकक्षा शिक्षण विधिबाट कक्षामा पठनपाठन हुने गरेको छ । १८ घरधुरी रहेको स्याम्ने गाउँमा विद्यालय आवश्यक भए पनि अधिकांश घरधुरीका अभिभावकले विद्यार्थीलाई सदरमुुकाम सिमकोटका विद्यालयमा पढाउन थालेपछि सो विद्यालयमा विद्यार्थी संख्या घटेको हो ।

सिमकोट गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले विद्यालयमा २७ जना विद्यार्थीको हारिजी भए पनि १० देखि १२ जना विद्यार्थी मात्र विद्यालयमा नियमित आउने गरेको अनुगमनका क्रममा पाइएको बताए ।

वि.सं.२०७९ पुस ६ बुधवार १८:२६ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...