back
NMB ad

आविष्कार केन्द्रलाई युएन कलेजको आर्थिक सहयोग

Kumari bank ad

काठमाडौ । सुनसरीको घरान उपमहानगरपालिका १६ मा बिगत दश बर्षदेखि संञ्चालन हुदै आएको नबोदय प्लस टुु यु एन कलेज ले राष्ट्रिय आबिश्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । युएन कलेज बिज्ञान संकायका ११ र १२ कक्षामा अध्यनरत ५० जना बिधार्थीको नेतृत्व गरी शुक्रबार कलेजको तर्फबाट कलेजका प्राध्यपक तथा युएन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बुले आबिश्कार केन्द्रमै पुगेर केन्द्रका अध्यक्ष डा.महाबिर पुनलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरको हुन ।

युएन कलेजका कलेज प्राध्यपक तथा युएन नबोदय हेल्पीङ्ग हेन्डका संयोजक राम बहादुर लिम्बु बिज्ञान संकायका कोअडिनेटर आकास अधिकारी लगायत ५० बिधाथीहरुलाई आबिश्कार केन्द्रका प्रबिन बोहरा र सौरबसिह चौधरीले केन्द्रले गरिरहेको कामको बारेमा जानकारी दिनुका साथै केन्द्रको अवलोकन भ्रमण समेत गराएका थिए ।

कलेजका बिधार्थी दिपेन भण्डारी, सेबिका राई, सुसान जिसी असु लिम्बु लगायतले आबिश्कार केन्द्रको बारेमा बिभिन्न प्रश्नहरु गरेका थिए । सो प्रश्नको जवाफ दिदै कन्द्रका अध्यक्ष महावीर पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग जुटेको बताउँदै वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको बताए ।

बिधार्थीसँगको अन्तरक्रियामा केन्द्रका अध्यक्ष डा.महावीर पुनले विभिन्न वस्तुको आविष्कार गरेर उत्पादन बढाउनुपर्ने र त्यसबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिदै नेपालमा आविष्कारलाई प्रोत्साहन गर्न र नयाँ आविष्कारका लागि नविन सोच र योजना भएकाहरुलाई काम गर्ने ठाउँका साथै पुँजी, प्रविधि र प्रोत्साहन दिने काम आबिश्कार केन्द्रले गर्ने बताए ।

उनले भने सैसँग नविन सोच छ र त्यसलाई उपयोग गरेर नयाँ वस्तुको आविष्कार गर्न सकिन्छ भने उहाँलाई आवश्यक सहयोग राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराउने बताए ।आविष्कारले आर्थिक विकास गराउने र त्यसैले रोजगारी सिर्जना पनि गर्ने भएकाले आविष्कार कुनै पनि देश समृद्धिको महत्वपूर्ण आधार भएको उनले बताए ।

कुनै पनि चिजको प्रोटोटाइप बनाउन सहयोग गर्छौं। प्रोटोटाइपले राम्रोसँग काम ग¥यो भने त्यसलाई बजारमा लैजान सकिने गरी कमर्सियल प्रोडक्ट बनाउन पनि आविस्कार केन्द्रले नै सहयोग गरिरहेको बिर्थीहरुलाई बताए ।

बिधार्थीहरुले साधेको प्रश्नको जबाफ दिदै पुनले भने इनोभेसन गर्नेहरु देशका लागि बहुमुल्य पुँजी भएकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म गरेका सबै काम जनताले स्वेच्छिक रूपमा गरेको आर्थिक सहयोगबाट नै सम्पन्न भएका बताए ।

त्रिभुवन विश्वविद्यालय परिसर भित्र राष्ट्रिय आविष्कार केन्द्र नेपाल कार्यालय रहेको छ । पछिल्लो समयमा यसको चर्चा देश विदेशमा समेत पुगेको छ । विगत दुई वर्षदेखि सञ्चालनमा आएको राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो नियमित आविष्कारका कार्यहरू गरिरहेको छ । नयाँ–नयाँ खोज आविष्कारका कार्यहरू गरिरहेको छ ।

वि.सं.२०७९ पुस १५ शुक्रवार १५:३० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...