back
NMB ad

राष्ट्रिय सहकारी बैंकको एकाइ स्तरको १९औं वार्षिक साधारण सभा शनिवार हुँदै, आवश्यक सम्पूर्ण तयारी पुरा

Kumari bank ad

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको एकाइ स्तरमा हुने १९औं वार्षिक साधारण सभा शनिवार हुँदै छ, प्रदेश अन्तर्गत एकाइहरूमा हुने साधारण सभाको पूर्वसंध्यामा बिहीबार बैंकले पत्रकार सम्मेलन गरी साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको भन्दै पुस १६ हुने प्रदेश स्तरको एकाइहरूमा र पुस १८ गते एकाइ बैठकका प्रतिनिधिहरूले निर्णय प्रमाणित गर्ने सभाको सम्पूर्ण तयारी पूरा भएको छ ।

बैंकको विनियम तथा आन्तरिक कार्यविधिहरू एवम् अन्य प्रचलित कानुनी व्यवस्थाहरू समेतको पूर्ण रूपमा पालना गर्दै बैंक सञ्चालक समितिको मिति २०७९ मंसिर ९ गते बसेको बैठकको निर्णयअनुसार साधारण सभा गर्ने निर्णय गरेको थियो ।

साधारण सभा सात वटै प्रदेशहरूमा एकै दिन सहकारी संघ÷संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा हुने बैंकका अध्यक्ष के.बी उप्रेतीले जानकारी दिनु भयो, “उहाँले गत वर्षको साधारणसभाहरु एकाइगत रूपमा छुट्टा–छुट्टै मितिमा हुने गरेको भन्दै यो पटक एकै दिन गर्न लागेको भन्दै धेरै भन्दा धेरै प्रतिनिधिहरूको सहभागिता रहने बताउनु भयो” ।

१९औं वार्षिक साधारण सभा एकाइ स्तरको मिति २०७९ पुस १६ गते प्रदेश नम्बर–१, को सम्पूर्ण जिल्लाहरूको लागि अतिथि सदन विराटनगर मोरङमा, मधेस प्रदेशका सम्पूर्ण जिल्लाहरूको लागि धर्म संस्था व्याहुत कलवार चौरासी जनकपुरमा, बागमती प्रदेशको सम्पूर्ण जिल्लाहरूको लागि स्काई दरबार बैंकेक सिंहदरबार काठमाडौंमा, गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाहरूको पोखरा सभागृहमा, लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरूको दरबार लन रुपन्देहीमा, कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरूको शुभ होटेल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूको ओम प्यालेस धनगढीमा बिहान ८ बजेदेखि हुने छ । एकाइ साधारण सभाबाट छनौट भएका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने (केन्द्रीय) सभा पुस १८ गते काठमाडौंमा हुने बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिनु भयो ।

साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन हुने छन् । साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९÷०८० को प्रस्तावित बजेट तथा कार्यक्रम, लाभांश वितरण, कार्यविधिहरू संशोधन, साधारण सभाको एकाइ (स्थानीय) बैठकको निर्णय प्रमाणित गर्ने प्रतिनिधि तथा साधारण सभा (केन्द्रको) निर्णय प्रमाणित गर्न पठाउनुपर्ने एकाइ प्रतिनिधिहरूको चयन गर्ने लगायतका कार्यसूचीहरू रहेका छन् ।

साधारण सभामा प्रदेश नम्बर–१, मा २,५५२, मधेश प्रदेशमा २०३९, बागमतीमा ६,५०७, गण्डकी प्रदेशमा १,५३५, कर्णालीमा ७४८ र सुदूरपश्चिम प्रदेशमा ५०४ गरी १५,७२७ सहकारी संघ–संस्थाका प्रतिनिधिहरु सहभागि हुने बैंकले जनाएको छ ।

वि.सं.२०७९ पुस १५ शुक्रवार १७:४० मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...