back
NMB ad

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज पुस १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आवेदन दिने पुस ८ गते अन्तिम दिन रहेको थियो।

कम्पनीले १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो । जसमध्ये, अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालिका वडा नं. ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं. ४ र ६ का स्थानीयले ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयले ४ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यता, सर्वसाधारणमा निष्कासन हुने २४ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ४० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ ।

यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आयोजना प्रभावितले बिक्री प्रबन्धक र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै, संखुवासभास्थित प्राइम बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

वि.सं.२०७९ पुस १७ आइतवार ०६:५४ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...