back
NMB ad

एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा छानियो नेपाल

Kumari bank ad

काठमाण्डौं, माघ ३ । चीनको बेइजिङमा भईरहेको एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल बैंकको सञ्चालक समितिको सदस्यमा छानिएको छ ।

सञ्चालक समितिमा एसियाबाट नौ देश र गैह्र क्षेत्रीय(एसियाबाहेक) देशबाट दुई गरी ११ देश बैंकको सञ्चालक समितिमा छानिएका हुन् ।
बेइजिङबाट अर्थमन्त्रालय सम्बद्ध अधिकारीहरुले दिएको जानकारी अनुसार एसियाबाट नेपालसहित चीन, युएई, इन्डोनेसिया, अष्ट्रेलिया, रसिया , भारत, दक्षिण कोरिया र टर्की तथा एसियाबाहेकका मुलुकहरुबाट संयुक्त अधिराज्य बेलायत र जर्मनी एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समिति सदस्य रहेका छन् ।

सम्मेलनमा सहभागी ५७ देशका मन्त्री तथा प्रतिनिधिहरुले संयुक्त रुपमा स्विच अन गरी बैंकको उदघाटन गरेका थिए । त्यस अघि चीनका राष्ट्रपति सि जि पिङले बैंकको व्यानरको अनावरण गर्नु भएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसियाली पूर्वाधार विकास बैंंकमार्फत भौतिक आवश्यकता पूरा गर्दै सामाजिक, आर्थिक विकासका निम्ति नेपाल सक्रिय रुपमा सहभागी हुने बताउनु भयो । उहाले, नेपाल यो बैंकको गतिविधिमा सघन ढंगले सहभागी हुने उल्लेख गर्दै बैंकको स्थापनाले एसियाको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नु भएको छ ।

वि.सं.२०७२ माघ ३ आइतवार ०८:२२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...