back
NMB ad

अमेरिकाबाट शंकास्पद धन भित्र्याएको अभियोगमा शाह पक्राउ

Kumari bank ad

काठमाडौं ।अमेरिकाबाट शंकास्पद रकम भित्र्याएको आरोपमा नेपाल राष्ट्र ब्यांकले छानबिन गरिरहेका पृथ्वीबहादुर शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

अमेरिकी नागरिक र ब्यांकिङ ठगी कसुरमा शाह पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।

शाहसँगै अन्य पाँच जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शाहले अमेरिकी नागरिक जुलिया होडेज रिकेटको अमेरिकी डलर ४६ लाख ४६ हजार ७३७ र नेपाली तीन करोड २२ लाख रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ ।

पृथ्वीबहादुर शाह जनार्दन शर्मा अर्थमन्त्री हुँदा ४० करोडभन्दा बढी स्रोत नखुलेको रकम विदेशबाट नेपाल भित्र्याउन लागिपरेका थिए । शर्माले राष्ट्र बैंकलाई पत्र लेखेर यसमा सहजीकरण गरिदिन पनि भनेका थिए ।

अहिले ठगी आरोपमा पक्राउ गरे पनि शंकास्पद रुपमा भित्रिएको धनबारे पनि अनुसन्धान गरिने एआईजी सुवेदीले बताए ।

वि.सं.२०७९ पुस २२ शुक्रवार १९:१४ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...