back
NMB ad

लाभांश प्रस्ताव पारित गर्न यी १० कम्पनीको साधारण सभा आज बस्दै, कुनले कति दिदैछ ?

Kumari bank ad

काठमाडौं । पुस महिनामा सूचीकृत कम्पनीहरुलाई साधारण सभा गर्ने चटारो छ । बिहीबार आज अर्थात पुस २८ गते पनि ५ वाणिज्य बैंकसहित १० कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । जसमध्ये ७ वटा कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् भने बाँकी तीन कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेका छैनन् ।

सिद्धार्थ बैंकको साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा पुस २८ गते बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १२.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि हुनेछ ।

यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

हिमालयन बैंकको साधारण सभा होटल सोल्टी, काठमाडौंमा पुस २८ गते बिहान ११ बजे सुरु हुनेछ । सभामा सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

यस्तै, सम्पति तथा दायित्व मूल्यांकनका आधारमा तय भएको १००ः८०.२८ सेयर स्वाप अनुपातमा सिभिल बैंकलाई एक्वायर गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
एक्विजिसन प्रक्रियामा भएका सम्पूण समझदारी र सम्झौताहरुलाई पनि सभामार्फत अनुमोदन गरिने भएको छ । एक्विजिसन पश्चात हिमालयन बैंककै नामबाट एकीकृत कारोबार गर्न सभाबाट स्वीकृति लिने एजेन्डा पनि रहेको छ ।

लक्ष्मी बैंकले पुस २८ गते कमलपोखरी स्थित अग्रवाल भवनमा सभा बोलाएको हो । सभामा सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८ / ०७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने अर्को प्रस्ताव रहेको छ ।

बैंकको लेखा परीक्षण समितिको सिफारिश वमोजिम आ.व. २०७९ / ०८० को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा छलफल हुनेछ।

साथै, अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारी लाई निरन्तरता दिने विशेष प्रस्ताव पारित हुनेछ । बैंकले लाभांश प्रस्ताव गरेको छैन ।

सिभिल बैंकको सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा यस बैंकलाई हिमालयन बैंकले १००ः८०.२८ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।

प्राइम कमर्सियल बैंकको सभा कार्की ब्यांक्वेट, बवरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, बैंकको नियामवली अनुसार समूह क, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पदमा ३ जना र समूह ख, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पदमा २ जना गरी जम्मा ५ जना मनोनयन वा नियुक्ति गर्ने प्रस्ताव पनि छ ।

नेपाल टेलिकमको सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबलगायतमा पनि छलफल हुनेछ ।

सोल्टी होटलको सभा, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

राधी विद्युत कम्पनीले साधारण सभामा ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । कम्पनीले साधारण सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर,काठमाडौंमा बिहान ११ बजे जुम माध्यमबाट सुरु हुनेछ ।

इमर्जिङ नेपालको सभा बानेश्वर थापागाँउ नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

वि.सं.२०७९ पुस २८ बिहीवार ०९:०७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...