back
NMB ad

ग्लोबल आइएमई बैंकबाट उद्यमशील कर्जा लिँदा नगरपालिकाबाट व्याज अनुदान पाइने

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच उद्यमशिलता कार्यक्रमअन्तर्गत नगरबासीहरुलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुङ्गाना र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरबासीहरुलाई व्यावसायिक बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलहरुको उत्पादन लगायत अन्य लघु उद्ययमहरु गर्न नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

यो समझदारीले निर्वाहका लागि मात्र कृषि व्यवसाय गरिरहेका कृषकलाई उद्यमी बनाउन पूँजी लगायत प्राविधिक सीप आर्जन गरी आफ्नो व्यवसाय विस्तार एवम् विकास गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त अवसरमा बैंकको तर्फबाट वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

वि.सं.२०७९ माघ ५ बिहीवार १८:३० मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...