back
NMB ad

अधिवेशन भएको एक वर्षपछि एमाले लमजुङमा जिम्मेवारी बाँडफाँट

Kumari bank ad

लमजुङ । नेकपा एमाले लमजुङले जिल्ला अधिवेशन सम्पन्न भएको करिब एक वर्षपछि जिम्मेवारी बाँडफाँट र कार्य विभाजन गरेको छ ।

एमालेको छैटाैँ पूर्ण बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन गर्नुको साथै जिम्मेवारी बाँडफाँड र कार्य विभाजन गरेको हो ।

बैठकले २ वटै क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको गठन गरेको छ । क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ मा उपसचिव जितबहादुर गुरुङलाई संयोजक तोकिएको छ । सहसंयोजकमा युवराज अधिकारी र सचिवमा शिवप्रसाद जोशी रहेका छन् ।

क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर २ मा जिल्ला कमिटीका सचिवालय सदस्य राजेन्द्र बोहरालाई संयोजक तोकिएको छ । सहसंयोजकमा भोजबहादुर रिमाल र सचिवमा मेनबहादुर घलेलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, पालिका इन्चार्ज र सह–ईन्चार्ज समेत तोकेको छ ।  स्थानीय तहतर्फ बेंसीशहर नगरपालिका इन्चार्जमा यसोदा रिमाल, सह–इन्चार्जमा रामकुमार श्रेष्ठ र विष्णुमाया राना, मध्यनेपाल नगरपालिका इन्चार्जमा जनकराज मिश्र, सह–इन्चार्जमा इन्द्रप्रसाद रेग्मी र अमृत तमाङलाई तोकिएको छ । सुन्दरवजार नगरपालिका इन्चार्जमा लोकराज पाण्डे, सह–इन्चार्जमा द्वारिकाप्रसाद मिश्र र प्रेमबहादुर भट्टराईलाई तोकिएको छ ।

क्होलासोथर गाउँपालिका इन्चार्जमा सूर्यप्रसाद गुरुङ, सह–इन्चार्जमा कुमारीमुनी गुरुङ र पेमा गुरुङ, मस्र्याङ्दी गाउँपालिका इन्चार्जमा जितबहादुर गुरुङ, सह–इन्चार्जमा अमृता पोखरेल र महेन्द्र थापालाई जिम्मेवारी तोकिएको छ । दोर्दी गाउँपालिका इन्चार्जमा दिलबहादुर घले, सह–इन्चार्जमा राजेन्द्र अधिकारी र हिमला घिमिर, राइनास नगरपालिका इन्चार्जमा हिरालाल विक, सह–इन्चार्जमा शुभद्रा भुजेल र गोविन्द नेउपाने साथै दूधपोखरी गाउँपालिकामा इन्चार्ज रामचन्द्र दवाडी र सह–इन्चार्जमा सगुन गुरुङलाई जिम्मेवारी तोकिएको छ ।

वि.सं.२०७९ माघ ८ आइतवार १२:५२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...