back
NMB ad

एक तस्बिर, जसले मधेशकी छोरीलाई उज्यालो संसारमा आउन उक्साएको छ

Kumari bank ad

विशाल बस्नेत, महोत्तरी । दाइजो प्रथाको विकराल समस्या यथावत रहँदा छोरीहरुलाई विद्यालय नपठाउने, बालविवाह गरिदिनेजस्ता प्रवृत्तिले मधेश प्रदेशका गाउँहरु अझै आक्रान्त छन् । तर, पछिल्लो समय महोत्तरीमा कैद गरिएको एक तस्बिरले भने छोरीप्रतिकोे जिम्मेवारीलाई अभिभावकहरुले महसुस गरेको देखिन्छ ।

पत्रकार राजकरण महतोले खिचेको एनसीसी तालिममा सहभागी विद्यालय पढने छोरीहरुको तस्बिर नेपाल आर्मीको नोमिनेसनमा परेपछि मधेशमा छोरीप्रतिको दृष्टिकोणमा नै परिवर्तन विश्लेषण हुन थालेको छ ।

तस्बिरमा अधिकाशं छोरीहरुले सैन्य पोसाक पहिरिएका छन् । विद्यालयमा कक्षा लिइरहेका छात्राहरुको यो तस्बिर झट्ट हेर्दा नेपाल आर्मीको जस्तै लाग्छ । अनुशासित, सौम्य, उत्सुकता, प्रतिबद्धता व्यक्त गरेको जस्तो देखिने तस्बिरले सबैको ध्यान तानेको छ ।

तस्बिर खिच्ने पत्रकार राजकरण महतोले लेखेका छन्, ‘महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुल्लामा खिचेको तस्बिरले छोरीहरुमा राष्ट्रिय भावना मात्रै जगाएको छैन, घरभित्रको अँध्यारो जीवनबाट निस्किएर उज्यालो संसारमा आउन उक्साएको छ ।’

तस्बिरवाट प्राप्त पुरस्कारकोे हकदार मधेशका सबै अभिभावक र छाेरीहरु भएको भन्दै खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘विद्यालय ज्ञानको मन्दिर मात्रै होइन, राष्ट्र भावना विकास गर्ने पुञ्ज पनि हो । त्यसैले हरेक छोरी विद्यालय जानैपर्छ ।’

मधेशमा छोरीहरु  दाइजो र घरेलु हिंसाको चरम शिकार हुनुपरेको छ । पछिल्लो महोत्तरीकै नेहा चौधरीको घटनाले देशकै ध्यान खिचेको थियो ।

शिक्षित छोरीले आफुमाथि भएको दमनलाई प्रतिकार गरेको घटना बाहिरिए पनि लुकेका र लुकाइएका कयाँै घटनाहरुले छोरीहरु अहिले पनि दिनहुँ प्रताडित बनिरहेका छन् ।
 

वि.सं.२०७९ माघ १० मंगलवार १२:१४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...