back
NMB ad

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

Kumari bank ad

एजेन्सी, इस्लामाबाद ।  आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह हल चाँडै बन्द गर्ने घोषणा गरेको छ अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेकोले ऊर्जा संरक्षण योजनाअन्तर्गतका उपायहरूको एक भागको रूपमा सरकारले पछिल्लो कदम चालेको हो ।

ऊर्जा बचत र आयातित तेलमा निर्भरता घटाउन राष्ट्रिय ऊर्जा संरक्षण योजना स्वीकृत गरेको जानकारी दिँदै रक्षामन्त्री ख्वाजा आसिफले बजारहरू बेलुका ८ः३० बजे र विवाह हलहरू १० बजेभित्र बन्द हुने बताए ।

थप उपायहरु घोषणा गर्दै तीब्र उज्यालो दिने बल्बहरुको निर्माण फेब्रुवरी १ देखि बन्द हुने र असक्षम फ्यानहरुको उत्पादन जुलाईदेखि बन्द हुने उनले बताए ।
सरकारले एक वर्षभित्र कोनिकल गिजरको प्रयोगलाई पनि अनिवार्य गर्ने भएको छ, जसले अर्बौ रुपैया  जोगाउने र सडक वत्तिको वैकल्पिक प्रयोग गर्नेछ ।
योजना अन्तर्गत सबै सरकारी भवन र कार्यलयले उर्जाको प्रयोग घटाउने र घरबाट काम गर्ने याजना १० दिनभित्र पूरा गरिने जनाइएको छ ।

पाकिस्तानबासीले बारम्बार विद्युत् कटौतीको समेत सामना गरेका छन् । राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको थियो ।
राष्ट्रिय ग्रिडमा प्राविधिक समस्या देखिएपछि विद्युत् कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको थियो । विद्युत् प्रवाह अबरुद्ध हुँदा कराँची, इस्लामावाद, लाहोर र पेशावरलगायत सबै प्रमुख सहरमा विद्युत् बन्द भएको थियो।

वि.सं.२०७९ माघ १० मंगलवार १४:०३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...