back
NMB ad

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति ?

Kumari bank ad

काठमाडौं । शिखर इन्सुरेन्स र नेरुडे लघुवित्तको बोनस सेयर सुरक्षित गर्ने आज सोमबार माघ १६ गते अन्तिम दिन रहेको छ । कम्पनीहरुले भोली माघ १७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश पाउनेछन् ।

शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१५ नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले एकैसाथ दुई आर्थिक वर्षको साधारण सभा माघ २५ गते बोलाएको छ । यसले १७ औं र १८ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

नेरुडे लघुवित्त
नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर तिर्न १.१५७९ प्रतिशत नगद लाभांश गरी कुल २३.१५७९ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ । कम्पनीले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा, उद्योग संगठन मोरङको सभाहल विराटनगर–२ मा बिहान ११ बजे सुरु हुनेछ ।

वि.सं.२०७९ माघ १६ सोमवार १०:०५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...