back
NMB ad

माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड भोली हुने, कति जनाले पाउने भए सेयर ?

Kumari bank ad

काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओ बिहीबार भोली अर्थात माघ २६ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार बिहान ९.३० बजे आफ्नै कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँडको तयारी गरिएको जनाएको छ ।

माया खोला हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ७.९६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ ।

यसमा १३ लाख ९७ हजार ७२३ जनाले कुल १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख ९९ हजार २०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ९८ हजार ५२३ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले माघ १३ गतेदेखि सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्बसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीले १० लाख कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई २ लाख ४० हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ भने कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता शेयर छुट्याएको छ। कम्पनीले बाँकि रहेको १९ लाख ९२ हजार कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको हो ।

वि.सं.२०७९ माघ २५ बुधवार १६:३३ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...