back
NMB ad

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शुक्रबार सार्वजनिक गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । शुक्रबार बिहान सञ्चालक समितिको बैठक बसेर सोही दिन नै मौद्रिक नीति समीक्षा सार्वजनिक गरिने भएको हो ।

शुक्रबार बिहान केन्द्रीय बैंकले सञ्चालक समितिको बैठक बोलाएको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार पछिल्लो समय आर्थिक सूचकहरु सबल बन्दै गएकाले कर्जा लगानी सहज बनाउने नीति लिइने भएको छ । खासगरी पुँजीगत खर्च बढाउन सहयोग पुग्ने किसिमको मौद्रिक नीति आउने ती अधिकारीले बताए ।

त्यस्तै, सेयर धितो कर्जामा पनि केही सहज नीति आउने संकेत राष्ट्र बैंकले दिएको छ । लगानीकर्ताहरुले पनि सेयर धितो कर्जामा १२ करोडको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोभन्दै उक्त व्यवस्था फिर्ता गर्न सुझाव दिएका छन् । सोही अनुसार केही लचक व्यवस्था गर्न सकिने सम्भावना रहेको केन्द्रीय बैंकको भनाई रहेको छ ।

मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन, २०७९ ले त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

जसअनुसार माघ अन्तिमसम्ममा अर्धवार्षिक समीक्षा गरिसक्नुपर्छ । सोही अनुसार केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न लागेको हो ।

वि.सं.२०७९ माघ २६ बिहीवार १३:५२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...