back
NMB ad

एसियन हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ पहिलो दिनको अपडेट

Kumari bank ad

काठमाडौं । एसियन हाइड्रोपावरको आइपीओमा १८ करोड ९७ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन आज शुक्रबार (माघ २७ गते) सम्ममा १ लाख ६७ हजार ५२२ जनाले १८ लाख ९७ हजार कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख ९७ हजार २०० कित्ता शेयरको २.७२ गुणा बढी हुन आउँछ ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैंयाको २४.७१ प्रतिशतका दरले ८ करोड ४० लाख रुपैंया बराबरको प्रतिसेयर १०० रुपैंया अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्ये ८४ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४२ हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी कर्मचारीहरुका लगि १६ हजार ८ सय कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो ।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिन्छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्विकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७९ माघ २७ शुक्रवार १६:५७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...