back
NMB ad

अटो शोमा बैंकले १ घण्टामै लोन दिने, हेर्नुहोस कसले कति दिनेछन् !

Kumari bank ad

काठमाण्डौं । राजधानीमा जारी नाडा अटो शोमा स्टल राखेका ११ बाणिज्य बैंकले नागरिकताको प्रमाणपत्र र आयस्रोतको कागजात लिएर आए एक घण्टा भित्र ऋण स्विकृत गर्ने र तीन दिन भित्र भुक्तानी दिइ सक्ने जानकारी गराएका छन्।

सबैभन्दा सस्‍तो ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड र एनआईसी एसिया बैंकले तोकेका छन्। निजी प्रयोजनका गाडीमा यी बैंकले ६.२५ प्रतिशत ब्याज लिने जनाएका हुन्। स्ट्यान्डर्ड चार्टर्डले आठ बर्ष र एनआइसी एसियाले सात बर्ष सम्मका लागि कर्जा दिने उल्लेख गरेका छन्। दुबै बैंकले ८० प्रतिशत फाइनान्स गर्ने स्किम ल्याएका छन्।

त्यस्तै, एनआईसी एसियाले व्यावसायिक प्रयोजनमा प्रयोग हुने गाडीको लागि पनि कर्जा प्रवाह गर्दैछ। त्यसको ब्याजदर भने साना र ठुला गाडी हेरी ७ देखि ८ प्रतिशतसम्म हुने बैङ्कले जनाएको छ।

सिभिल बैंकले स्कोडा र फियाट गाडी किन्ने ग्राहकलाई भने लागि भने स्ट्यान्डर्ड चार्टर्ड र एनआईसी एसिया भन्दा कम ब्याजदर तोकेको छ। बैंकले यी दुई ब्राण्डका गाडीमा ४.५ प्रतिशत ब्याजदरमा ८ वर्षका लागि ७० प्रतिशत कर्जा दिनेछ। स्कोडा र फियाट बाहेक सिभिल बैंकले रेनल्ट गाडीमा ६.९९ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि ९० प्रतिशत सम्म र ७ वर्षका लागि ८० प्रतिशत कर्जा दिने जनाएको छ।

लक्ष्मी बैंकले अटोलोनमा निजि गाडीको लागि ६.९९ प्रतिशत ब्याजदरमा ९० प्रतिशत सम्म कर्जा दिने स्किम ल्याएको छ। कर्जाको अवधि ७ वर्षको हुने बैंकले जनाएको छ। अटो शोमा आउने ग्राहकसँग कुराकानीकै आधारमा कर्जा स्विकृत गर्ने र भुक्तानी लिन आउँदा उल्लेख गरे बमोजिमका कागजपत्र उपलब्ध गराउनु पर्ने बैंकले जनाएको जनाएको।

हिमालयन बैंकले निजी मात्र नभइ व्यावसायिक गाडीमा पनि कर्जा दिएको छ। त्यसका लागि ९ प्रतिशत ब्याजदरमा ७० प्रतिशत सम्म ऋण दिने उल्लेख गरेको छ। कर्जा भुक्तानी अवधि ५ वर्षको हुने बताइएको छ। नाडा अटो शो अवधिभर गाडी बुकिङ गरे वा कर्जाको लागि आवेदन दिए दुई महिनासम्म त्यही ब्याजदरमा कर्जादिने बैंकले घोषणा गरेका छन्। निजि गाडीमा ४.५ देखि ७ प्रतिशत सम्म र व्यावसायिक गाडीहरुमा ९ प्रतिशत सम्म ब्याजदर तोकिएको छ।

एनएमबी बैंकले पजि अन द स्पट कर्जा दिने योजना ल्याएको छ । सानिमा बैंकले नयाँ तथा पुराना दुबै गाडीको लागि कर्जा दिने बताएको छ।

१५ भदौ २०७३, १०।००

वि.सं.२०७३ भदौ १५ बुधवार १०:४० मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...