back
NMB ad

कालोमोसो अभियान छाडेर बैंकर ढुंगानाको सालिक बनाउँदै दुर्गा प्रसाई

Kumari bank ad

काठमाडौं । दुःख दिने बैंक, लिघुबित्त र सहकारीका म्यानेजरहरू माथि कालोमोसो लगाउने अभियानको घोषणा गरेर चर्चामा रहेका दुर्गा प्रसाईले अभियान स्थगित गरेर बैंकर ज्ञानेन्द्र ढुंगानाको सालिक निर्माण गरिरहेको जानकारी दिएका छन् ।

आर्थिक मिडिया सञ्जालक संघ (इमान) सँगको अन्तरक्रियामा मंगलबार बिहान प्रसाईले अभियान घोषणाको समयमा त्यस्ता कुरा भनिएको भए पनि कसैमाथि पनि भौतिक आक्रमण नगरिने जानकारी दिए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाको सहयोगले आफूअहिलेको अवस्थामा रहेको भन्दै बैंकर ज्ञानेन्द्र ढुंगानाको सालिक (मुर्ती) बनाइरहेको नयाँ खुलासा समेत गरे । ढुंगानाको सालिक भारतको राजस्थानमा बनिरहेको र झापामा राखिने पनि बताए ।

उनले राम्रो काम गर्नेको प्रशंशा गर्ने गरेको बताउँदै नियतवश राति राति फोन गर्ने र तनाव दिनेहरू माथि भने सम्बन्धित व्यक्तिहरूले नै फरक खालको कारबाही गर्न सक्ने बताए । नेकपा एमाले छाडेको घोषणापछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले र नागरिक र राष्ट्रबचाउने आफ्नो मुल अभियान भएको जानकारी दिए ।

उनले गलत गर्नेमाथि कारबाही हुने भए पनि गलत नगर्नेहरू डराउनु नपर्ने बताए । काठमाडौँको पेरिसडाँडामा रहेको महाअभियानको कार्यालयमा उनले बैंक, लिघुबित्त र सहकारीले पीडित बनाएर मर्न बाध्य पारिएकाहरूको आवाज पनि बोलिदिन सञ्चार माध्यमलाई आग्रह गरे ।

वि.सं.२०७९ फागुन ९ मंगलवार १२:१५ मा प्रकाशित

You can share this post!

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:४०

भक्तपुर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग...

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:३३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ १८ शुक्रवार २१:२७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य...

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:१६

नयाँदिल्ली, १८ जेठ   : भारतीय अदालतले चरम मौसमी समस्या...

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:०५

बनियानी (झापा), १८ जेठ : झापामा सुपारी प्रशोधनका लागि रु...

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १६:५९

काठमाडौँ, १८ जेठ : कृषि तथा पशुपक्षी बीमाको रकम बढाउनुपर्नेमा...