back
NMB ad

बीमा सम्बन्धी नीति बनाई लागू गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा यही फागुन १६ गते मधेश प्रदेशको रौतहट जिल्लाको गढीमाई नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले नगरपालिकाले बीमा सम्बन्धी नीति बनाई लागू गर्ने र बीमालाई प्रभावकारीरुपमा अगाडि बढाउने जानकारी दिनुभयो ।

साथै, उहाँले नगरपालिकाले बीमाका लागि बजेटको समेत व्यवस्था गरेको जानकारी दिँदै बढीभन्दा बढी कृषकले लगाएका कृषिबाली तथा पशुपन्छीको बीमा गराउनका लागि नगरपालिकाले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले नगरपालिकाभित्रका घर लगायतका सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले बीमाका बारेमा बुझाउन बीमा कम्पनीहरुले पनि गाउँ गाउँमा कार्यक्रम गर्नुपर्ने, बीमा गर्न कम कागजात भए हुने व्यवस्था गर्नुपर्ने, कृषि तथा पशुपन्छी बीमाको दाबी भुक्तानी सहजरुपमा पाउनुपर्ने, बीमा कम्पनीका शाखा कार्यालयहरुमा प्राविधिक कर्मचारीको पनि व्यवस्था गर्नुपर्ने लगायतका विचार व्यक्त गर्नुभएको थियो ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गर्नुभएको कार्यक्रममा गढीमाई नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधिहरु, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता, अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ फागुन १७ बुधवार १२:५८ मा प्रकाशित

You can share this post!

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०८१ जेठ ७ सोमवार १४:२३

सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...