back
NMB ad

श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक

Kumari bank ad

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।

प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए ।

“क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउँछन्, बिगतमा श्रीकै प्राविधिकले जाँच गरेपछि उडान भर्ने गरेकाले समस्या देखियो । बिहीबारको घटनापछि जहाज निलम्बनमा छ”, प्रवक्ता निरौलाले भन्नुभयो । प्राधिकरणको यो निर्णयपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेका बताए । आजका लागि १४ उडान निर्धारण गरिएकामा हालसम्म तीन उडान रद्द भइसकेका छन् ।

प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको उनले बताए । व्यवस्थापक मानन्धरले भने, “क्यानको निर्णयबारे हामीलाई आज बिहान साढे सात बजेमात्र जानकारी भयोे, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने थियो ।”

बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना–ठूला गरी आठ जहाज छन् । तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन् ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १०:१९ मा प्रकाशित

You can share this post!

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०८१ जेठ ७ सोमवार १४:२३

सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत...