back
NMB ad

रियलमीद्वारा आफ्ना “अचिभर रिटेल डिस्ट्रिब्युटर” हरुलाई स्कुटर वितरण

Kumari bank ad

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ विक्रेताहरुलाई टिभिएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान गरिएको हो ।

२१ मध्य ७ वटा स्कुटरहरु गत आइतबार नक्साल स्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालय लक्ष्मण बाबु भवनमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।

यस बारेमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, “सर्वप्रथम त स्कुटर जित्न सफल सबै विक्रेताहरुलाई बधाई दिन चाहन्छु । साथै रियलमीका स्मार्टफोनहरु आम उपभोक्ताहरु माझ सहज रुपमा पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण विक्रेताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, मलाई आशा छ आउँदा दिनहरुमा यसै गरी रियलमीलाई साथ र सहयोग प्रदान गर्नुहुनेछ ।”

उक्त स्किम अन्तर्गत काठमाडौंको डिजि मल्टी ब्राण्ड शोरुम, युनिक मोबाइल हब, खुलाल ट्रेड लिंक, पिआर ट्रेडर्स, समिप मोबाइल र कालिन्चोक मोबाइल, दमकबाट अम्बे मोबाइल एन्ड इलेक्ट्रोनिक्स, बाग्लुङबाट गौरव इलेक्ट्रोनिक्स, हेटौँडाबाट न्यु युनिक वाच एन्ड मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।

त्यस्तै गरी जनकपुरबाट एम टेक, ओम मोबाइल सेल्स एण्ड सर्भिस, सुनिल मोबाइल, साम्संग मोबाइल् एन्ड इलेक्ट्रोनिक, वीरगन्जको सुजित मोबाइल सेन्टर र श्री गणेश मोबाइल सेन्टर, नेपालगन्जबाट किरण मोबाइल सेन्टर, धनगढिबाट न्यु सिम्रन ट्रेडर्स, न्यु रामेश्वरम सप्लायर्स र दाङको न्यु सभियोग मोबाइल शप र बुटवलबाट निश्चल मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।

वि.सं.२०७९ फागुन ३० मंगलवार १२:२२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...