back
NMB ad

पृथ्वीवहादुर शाहसहित ६ जना जेल चलान

Kumari bank ad

काठमाडौं । शंकास्पद कारोबारको आरोप लागेका अछामका पृथ्वी वहादुर शाहसहित ५ जना जेल चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

सोमबारको वहसपछि शंकास्पद कारोबार गरेका १९ जनामध्ये ६ जनालाई जेल चलान गरेको छ भने मनिता तामाङ ५० हजार धरौटी राखेर रिहा भएकी छिन् । अन्य ६ जनामध्ये ४ जनालाई केन्द्रीय कारागार र २ जनालाई डिल्लीबजार चलान गरिएको थापाले जानकारी दिए ।

थुन्चे वहसपछि तामाङलाई ५० हजार धरौटीमा छोडिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रवक्ता सञ्जयसिंह थापाले बताए । ‘६ जनालाई काराबार चलान गरिएको छ,’ उनले भने ‘बाँकी फरार छन्, उनीलाई पनि छिट्टै फक्राउ गर्छौ ।’

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाएको थियो । शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो ।

शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्ले, मनिता तामाङ सहित १९ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मुद्दा चलाएको थियो ।

पृथ्वी बहादुर शाह सम्बद्ध रहेको कम्पनी तथा व्यक्तिहरूको बैंक खातामा विदेशी नागरिकहरूलाई ठगी गरी ‘स्वीफ्ट’ मार्फत रकम जम्मा गर्न लगाइउको भन्ने आरोप छ । शाहको नाममा ३८ करोड ८६ लाख ६२ हजार रहेको पुष्टि भइसकेको छ । सो रकमबाट पृथ्वी बहादुर शाहले जग्गा खरिद, घर निर्माण, सेयर तथा सुन खरिद गर्नाका साथै कम्पनी दर्ता तथा बीमा लगायतका क्षेत्रहरूमा लगानी गर्दै आएका थिए ।

वि.सं.२०७९ फागुन ३० मंगलवार १३:०६ मा प्रकाशित

You can share this post!

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...