back
NMB ad

शिलान्यास भएको २४ वर्षपछि अघि बढ्यो सतबाँझ-दार्चुला सडक निर्माण

Kumari bank ad

बैतडी । सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको बैतडीको सतबाँझ-श्रीभावर-हाट-दार्चुला सडक निर्माण अघि बढेको छ। सुरू गरिएको २४ वर्षपछि सडक निर्माणले गति लिएको हो।

आर्थिक वर्ष २०५५/५६ मा उक्त सडक शिलान्यास गरिएको थियो। सुरूमा ‘ट्र्याक’ खोल्नै ढिला भएकामा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाका रुपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको छ।

हाल कालोपत्र गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख जङ्गबहादुर थापाले बताए। यो सडकको सतबाँझदेखि साढे छ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौता भएर काम भइरहेको छ। उनले भने, ‘आगामी जेठभित्र छ किलोमिटर कालोपत्र गरिसक्ने लक्ष्यसहित ठेक्का पाएको चन्द्रा एन्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले कालोपत्रको काम गरिरहेको छ।’

आगामी जेठ मसान्तभित्रै काम सम्पन्न गर्ने गरी श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। सतबाँझदेखि छ किलोमिटर सडक स्तरोन्नति गर्न १२ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको थियो भने श्रीभावरदेखि हाट खण्डमा आठ किलोमिटर स्तरोन्नतिका लागि १७ करोडमा यसअघि ठेक्का सम्झौता भएको थियो। अहिले दुवै ठाउँबाट सडक स्तरोन्नति गर्ने कार्य सुरू भएको जनाइएको छ।

लामो समयपछि सडक निर्माणले गति लिएपछि स्थानीयवासी पनि खुसी भएका छन्। जिल्ला सदरमुकामका साथै भारतीय सिमानाका झुलाघाट जोड्ने छोटो बाटोका रुपमा रहेको यो सडक स्तरोन्नतिपछि सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिकाका साथै र बझाङका नागरिकलाई समेत सहज हुनेछ।

सडक निर्माणले गति लिएपछि खुसी लागेको सुर्नयाका सुरेश महराले बताए। उनले भने, ‘यसअघि कच्ची सडकका कारण हिउँदमा धुलाम्मे हुने, बर्सातमा हिलाम्मे भएर जोखिपूर्ण यात्रा गर्नुपरेको थियो। अब कालोपत्र भएपछि सहज हुने र सदरमुकाम पनि छिटो पुगिनेछ।’

दुई दशकपछि सडक निर्माणले गति लिएको भए पनि समयमै कालोपत्र सम्पन्न हुनुपर्नेमा स्थानीयले जोड दिएका छन्। प्रदेशको गौरवको योजनाअन्तर्गत यो सडकको स्तरोन्नति पश्चात् नागरिकको जीवनस्तर सुधार हुनाका साथै ग्रामीण अर्थतन्त्रमा सुधार आउने पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमको भनाइ थियो।

वि.सं.२०७९ फागुन ३० मंगलवार १४:११ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...