back
NMB ad

बैंकर्सको चेतावनी : कर्मचारीमाथि आक्रमण जारी रहे बैकिङ्क सेवा बन्द गर्छौं

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण हुन थालेपछि बैंक तथा वित्तीय संस्थाको ४ वटै संगठनले आपत्ति जनाएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधि गर्नेलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन्।

संघले पछिल्लो समय केही व्यक्तिरसमूहहरुले बैंकरवित्तीय तथा लघुवित्त संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु,अराजक व्यवहार र सांघातिक आक्रमण भइरहेको भन्दै निन्दा गरेको छ।

विभिन्न समयमा मुलुकमा आईपरेको महा–भूकम्प,कोभिड महामारी जस्ता विषम परिस्थितिमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका कर्मचारीहरु माथि जाजरकोट,मकवानपुर,म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड,सांघातिक हमला, कार्यालयमा तालाबन्दी भएको भन्दै घोर आपत्ति रहेको छ। विज्ञप्तिमा भनिएको छ ।

संघले घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र कारवाहीको माग पनि गरेको छ। साथै अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गरेको छ। यस प्रकारका अप्रिय घटना नरोकिए कर्मचारीहरुको सुरक्षा निमित्त बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहने पनि विज्ञप्तिमा उल्लेख छ।

बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भइरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गरेको छ।

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:१६ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२१

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको...

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...