back
NMB ad

सेयर बजारः भन्न नहुने तर गर्न हुने Insider Trading

Kumari bank ad

ramu khanalएक जना मित्रले सोध्नु भयो, सर यो शेयरबजार बाट सब भन्दा  धेरै कसले कमाउछ ? मैले भने, जसले वित्तीय विवरण राम्रो  भएको, EPS धेरै भएको , PE Ratio कम भएको,  सस्थागत सुशासन भएको, नियमित जसो नेप्सेमा कारोबार भइ रहने  कम्पनीहरुमा लगानीगर्नेहरु लगानीकर्ताहरुले  कमाउनुहुन्छ । उहाले मुस्कुराउँदै भन्नु भयो , सर पनि मजाक गर्नुहुन्छ क्या ! यि सबै भन्ने कुरा न हुन् । सब भन्दा धेरै त Insider Trading गर्नेले  कमाउ छ हजुर Insider Trading गर्नेले !

मैले भने, हेर्नुहोस  यो त  बजारमा भन्न नहुने तर गर्न हुने शेयरबजारका ठुला ठुला खेलाडीहरुले गर्ने कारोबार पो हो त ।अनि थप उहा उत्साहित हुदै भन्नु भयो, सर यो भन्न नहुने तर गर्न हुने Insider Trading बारेमा मलाई पनि बताई दिनुन ल ।

मैले भने , कुनै पनि ऐन,कानुन, नीति नियम परिबर्तन हुदैछ तथा  कुनै पनि कम्पनीका बिभिन्न सूचनाहरु सार्बजनिक हुनुभन्दा अगाडि नै बिभिन्न माध्यमबाट प्राप्त गरि त्ससैको आधारमा शेयरबजारमा हुन सक्ने मुल्य परिबर्तनको आँकलन गरि ठुलो मात्रामा  शेयरको खरिद बिक्रि गर्ने कार्यलाई Insider Trading भनिन्छ । यस Insider Trading बाट शेयर बजारका खेलाडीहरुले प्रशस्त आम्दानी गर्ने गर्छन् । यस्ता सुचनाहरु प्राप्त गर्नको लागि नीतिनिर्माता , नियामक निकाय , कम्पनिका उच्चपदस्थ पदाधिकारीहरु संग शेयर बजारका खेलाडीहरुले राम्रै पहुच बनाएका हुन्छन्  र त्यस्ता सुचनाहरु प्राप्त गर्नको लागि राम्रै लगानी गरिरहेका पनि हुन्छन् ।

यस्तो कार्य शेयरबजारमा  कालोकर्तुतको रुपमा लिने गरिन्छ। यो एक वित्तीय अपराध हो । यसमा प्राय साना लगानीकर्ताहरु ठगिने गर्छन् । Insider Trading को  माध्यम बाट सस्तोमा शेयर किनि  महँगोमा शेयर बिक्रिगरि आफूहरु भाग्ने गर्छन् ।

अनि उहा मित्रले भन्नु भयो , सर यस्तो कार्य नियन्त्रण गर्ने  कुनै नीतिनियम छैन ? अनि मैले भने ,  नीतिनियम त छ तर त्यो  कागजमा मात्र सिमित छ । ब्यबहारमा लागु नभए पछि कागजकोले मात्र केहि  गर्दो रहेन छ त । तपाईलाई म यस Insider Trading को बारेमा एक उदारहण दिन्छु , शेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड । जसको काम भनेको शेयरबजारलाई ब्यबस्थित गर्ने  हो ।

पछिल्लो समयमा उसले गरेका राम्रा कार्यहरुको प्रसंशा पनि गर्नु पर्छ । तर बजारमा  हुने गरेको  Insider Trading  रोक्न कुनै प्रभावकारी कदम नचाल्नु दुखद कुरा हो ।   उ आफै नै Insider Trading मा संलग्न भएको विश्लेषण गर्न सकिन्छ किनकि उसले कुनै पनि कम्पनिको Right Share Approve गरेको  सूचना आफ्नो website मार्फत तत्काल सार्बजनिक जानकारीको लागि प्रकाशित गर्नु पर्नेमा २-३ दिन  पछि मात्र Update गर्छ । यस २-३ दिनमा  यसले मज्जाले चलखेल गर्छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । यहि बिचमा हुने चलखेल नै Insider Trading हो ।

उहाले फेरी सोध्नु भयो , सर  वित्तीय विवरण  राम्रो भएको, EPS धेरै भएको , PE Ratio कम भएको,  सस्थागत सुशासन भएको, नियमित जसो नेप्सेमा कारोबार भइ रहने कम्पनीहरुमा लगानी गर्नेहरु लगानीकर्ताहरुले कमाउ छन् भन्ने केहो त ?  मैले भने, हुन त यि एक दम सहिकुराहरु  हुन् , सबैले भन्ने पनि नै यहि हो तर ब्यबहारमा शेयरबजार बाट सबै भन्दा धेरै कमाउने भने कै Insider Trading गर्ने हरुले हो । जसले अरुले भन्दा चाडै सुचना प्राप्त गरि धेरै भन्दा धेरै शेयर खरिद गरि अरुले थाहा पाउने बेला सम्ममा  महंगो बनाई बेच्न सक्छ उसैले नै सबसे ज्यादा कमाउन सक्छ । बाकि अरु सबै भन्ने कुरा न हुन । अरु सबै Theory को लागि हो तर  Practical को लागि त Insider Trading नै शेयरबजार बाट कमाउन लागि ।

उहा मुस्कुराउदै भन्नु भयो , सर यो Insider Trading त बडा गज्जबको पो रहेछ । शेयर बजारमा सबै जना  कमाउनै  आएका  हुन्छन्  कोहि पनि जोगी बन्ने रहरले त आएको हुदैन । यो हो त बल्ल लाइन ! अरु जसले जे सुकै  भनोस  म त लागे , भन्न नहुने तर गर्न हुने कार्य Insider Trading को लागि सुचना प्राप्त गर्न, सुचना खोज्न । ठुला ठुला खेलाडीहरुले गर्न हुने तर हामि साना लगानीकर्ताहरु सधै EPS , PE Ratio , Balancesheet मा मात्र अल्झी रहने ।

 प्रकाशितः २०७३ भदौ २२

वि.सं.२०७३ भदौ २२ बुधवार ११:३४ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...